केन्द्रीय मन्त्रीले गरे विभिन्न विद्यालय र आइसीडीएस केन्द्रको निरीक्षण

IMG-20230927-WA0338.jpg

गान्तोक: तीन दिवसीय सिक्किम भ्रमणमा आएका केन्द्रीय राज्य मन्त्री तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन, योजना, र कर्पोरेट मामिला मन्त्री राव इन्दरजीत सिंहले दोस्रो दिन विद्यालय, कारखाना, स्वास्थ्य केन्द्रहरूको भ्रमण गरे। यस अवसरमा उनीसँग पाकिम जिल्लाका जिल्लापाल टाशी छोपेल, अतिरिक्त जिल्लापाल अनुपा तामलिङ, अतिरिक्त जिल्लापाल (विकास) रबिन सेवा लगायत विभिन्न विभागका अधिकारीहरू पनि सामेल रहेका थिए। भ्रमणको क्रममा मन्त्री सिंहले सामसिङ प्राथमिक पाठशाला र डिकलिङ उच्चत्तर माध्यमिक विद्यालयको भ्रमम गर्दै त्यहाँ अध्ययनरत विद्यार्थी साथै शिक्षकवर्गसँग शिक्षा सम्वन्धि अन्तक्रिया पनि गरे। उनले विद्यार्थी भर्ना, कर्मचारीको क्षमता, उपलब्ध गराइने सुविधा, स्मार्ट क्लासरूम, खेलकूद गतिविधि लगायतका अन्य विषयमा जानकारी लिँदै शिक्षक तथा कर्मचारीको लगनशीलता र मेहनतको प्रशंसा गरे। यस अवसरमा उनलाई प्राथमिक पाठशालाका विद्यार्थीहरूले स्थानीय गीत गाएर मन्त्रीलाई आकर्षित गराए। केन्द्र मन्त्रीले एनेलसीपीआर योजना अन्तर्गत निर्माण गरिएको डीएसएसएसको पनि भ्रमम गर्दै अल्पसंख्यक मामिला मन्त्रालयको सहयोगमा निर्माण हुन लागेको छात्राबासकोबारेमा पनि जानकारी लिए। भ्रमणको क्रममा मन्त्रीलाई सीइओले जिल्लामा शिक्षा क्षेत्रका सबै गतिविधि र उपलब्धिहरूबारे अवगत गराए।

राज्यमन्त्री र टोलीले महिला एवम बाल विकास विभाग अन्तर्गत आइसीडीएस केन्द्रको पनि निरीक्षण गर्दै त्यहाँ कार्यरत अधिकारीसँग कुराकानी गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement