जुम्सामा मुख्यमन्त्री तामाङलाई भव्य स्वागत

IMG-20230927-WA0337.jpg

गान्तोक: चार दिवसीय मंगन जिल्लाको भ्रमणमा रहेका मुख्यमन्त्री प्रेम सिंह तामाङलाई भव्यरूपमा स्वागत जनाउन हेतु लाचुङस्थित जुम्साको प्रेक्षागृहमा संस्कृतिक कार्यक्रमको आयोजना गरियो। राज्यको संस्कृतिक विभागको पहलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले उपस्थित सबैलाई न्यानो स्वागत र अटुट सहयोगको लागि हार्दिक धन्यवाद व्यक्त दिए। उनले विश्व पर्यटन दिवसको अवसरमा सबैमा शुभकामना व्यक्त गर्दै राज्य सरकारद्वारा सञ्चालित विभिन्न विकास कार्यको उल्लेख गर्दै लाचुङ र लाचेनमा प्रस्तावित छो-लुङ-त्रुल-सम सांस्कृतिक कम्प्लेक्स विकासको कोशेढुङ्गाको रूपमा रहेको उल्लेख गरे। उनले पर्यटन क्षेत्रको विकासको उजागर गर्दै राज्यको आर्थिक विकासमा यसको महत्वपूर्ण भूमिका रहने बताए। वर्तमान सरकारले सरकारले विभिन्न स्थलनको क्षतिपूर्ति सम्बन्धी समस्यालाई सक्रिय भएर सम्बोधन गरेको र लाचुङ गुम्पामा ध्यान केन्द्र निर्माण र ढल निकासको उचित व्यवस्था, मुख्यमन्त्री मेधावी छात्रवृत्ति अन्तर्गत विद्यार्थीको कोटा उपलब्ध गराउने कामलाई उच्च प्राथमिकता दिइरहेको मुख्यमन्त्रीले बताए। उनले लाचुङ जुम्साको आफ्नै स्रोत राजस्व प्राप्तिको निम्ति गरेका पहलको प्रयासको प्रशंसा पनि गरे। उनले सरकारका विभिन्न योजना र प्रोत्साहनका बारेमा बोल्दै सबैलाई यसको लाभ उठाउन र आम मानिसहरूलाई सचेत गराउनु पर्ने आग्रह गरे।

यसै क्रममा मन्त्री साम्दुप लेप्चाले यस निर्वाचन क्षेत्रको भ्रमण गरेकोमा मुख्यमन्त्री तामाङलाई धन्यवाद दिँदै आभार प्रकट गरे। यस अवसरमा उनले सरकारद्वारा हासिल गरिएको विभिन्न प्रकारको उपलब्धि र यसको महत्वबारे पनि अवगत गराए। उनले राज्यको विकासका लागि सबै एकजुट भएर अघि आउनु पर्ने आग्रह गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement