वरियर्स स्पोर्टिंग क्लब फाइनलमा

IMG-20230927-WA0326.jpg

२७ सेप्टेम्बरः डुवर्सको रामझोड़ा फूटबल कमिटीको तत्त्वावधानमा आयोजित रामझोड़ा टी गार्डन फूटबल अनर कप २०२३ टुर्नामेण्टमा वरियर्स स्पोर्टिंग क्लब (तुलसीपाड़ा)-ले फाइनलमा स्थान बनायो। रामझोड़ा फूटबल मैदानमा बुधवार खेलिएको पहिलो सेमिफाइनल म्याचमा वरियर्स स्पोर्टिंग क्लबले उज्जल इलेभेन (बीरपाड़ा)-लाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट रिकी हांसदाले ४३औं र ६५औं मिनटमा २ गोल गरे। यसबाहेक विशाल कार्जीले ८५औं मिनटमा तेस्रो गोल गरे। विजेता टीमका खेलाड़ी रिकी हांसदालाई हीरो अव् द म्याच चयन गरियो। अब बिहीवार खेलिने दोस्रो सेमिफाइनलमा दलसिंगपाड़ा स्पोर्ट्स एकाडमी (डीएसए) र जेकेएस, टोटोपाड़ाबीच भिड़न्त हुनेछ। यस टुर्नामेण्टको दोस्रो सीजनमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको फाइनल १ अक्टोबरमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *