तेस्रो वनडे गुमाए पनि सीरीज जित्न सफल भयो भारत

IMG-20230927-WA0321.jpg

२७ सेप्टेम्बरः अष्ट्रेलियाले बुधवार खेलिएको तेस्रो वनडे इण्टरनेशनल क्रिकेट म्याचमा आयोजक भारतलाई ६६ रनले पराजित गऱ्यो। म्याच गुमाए पनि भारतले तीनवटा म्याचको सीरीज २-१-ले जित्यो। राजकोटको सौराष्ट्र क्रिकेट एसोसिएशन स्टेडियममा खेलिएको म्याचमा टस जितेर पहिला ब्याटिंग गर्दै अष्ट्रेलियाले शीर्ष क्रमका चारजनाको अर्द्धशतकको सहायताले ५० ओभरमा ७ विकेट गुमाएर ३५२ रन बनायो। मिचेल मार्शले १३ वटा चौका र ३ वटा छक्काको साथ सर्वाधिक ९६ रन बनाए। यसबाहेक स्टीव स्मिथले ७४, मार्नस लाबुशेनले ७२ र डेविड वार्नरले ५६ रन बनाए। भारतीय बलरहरूमा जसप्रीत बुमराहले सर्वाधिक ३ विकेट हासिल गरे जबकि कुलदीप यादवले २ विकेट लिए। जवाफमा भारतीय टीम ४९.४ ओभरमा २८६ रन बनाएर अलआउट भयो। कप्तान रोहित शर्माले ६ वटा छक्का र ५ वटा चौकाको साथ ५७ बलमा सर्वाधिक ८१ रन बनाए। यसबाहेक विराट कोहलीले ५६ र श्रेयस अय्यरले ४८ रनको योगदान दिए। अष्ट्रेलियाई बलरहरूमा ग्लेन म्याक्सवेलले सर्वाधिक ४ विकेट लिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *