सिक्किमवासीहरूलाई २०८औं भानु जयन्तीमा राज्यपालको शुभकामना

photocollage_2022713224644376.jpg

गान्तोक: सिक्किमका राज्यपाल गंगा प्रसादले आदिकवि भानुभक्त आचार्यको २०८औं जयन्तीको अवसरमा सिक्किमवासीहरूलाई हार्दिक बधाई दिएका छन्।

राज्यपालले आज जारी आफ्नो सन्देशमा भनेका छन्, ‘भानुभक्त आचार्य, जसलाई आदिकविको नामले पनि चिनिन्छन्, ले नेपाली साहित्य जगतमा अमूल्य योगदान दिएका छन्। उनले नेपाली साहित्यलाई सबैभन्दा अगाडी लैजानमा महत्वपूर्ण भूमिका निभाए। भानुजयन्तीको भव्य आयोजनले अवश्य पनि नेपाली साहित्यिक परम्परा एवं संस्कृतिको संवर्धन हुनेछ। साथै यसले विविधतामा एकतालाई पनि प्रोत्साहन मिल्नेछ।’

राज्यपालले भाषा संप्रेषणको सशक्त माध्यम हुनुका साथै संस्कृतिको संवाहक पनि हुन्छ भनी बताएका छन्। उनले सिक्किमवासीहरूलाई जाति र धर्मदेखि माथि उठेर भानुजयन्ती समारोहमा भाग लिँदै सांस्कृतिक र पारम्परिक विरासतलाई संरक्षित गर्न आह्वान गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement