हामीले रोपेको सानो बीउ आज विशाल वट वृक्ष भएको छ: प्रधानमन्त्री

PM_Modi_1695798137694_1695798138202.jpg

अहमदाबाद: प्रधानमन्त्री नरेन्द्र मोदीले बुधवार भने, आजभन्दा २० वर्षपूर्व भाइब्रेन्ट गुजरात शुरू गर्ने उनको उद्देश्य गुजरातलाई देशको ग्रोथ इञ्जिन बनाउनु थियो, यसैले विश्वभरिका निवेशकहरू यहाँ आए।

त्यसताक तत्कालीन केन्द्र सरकारले यसको मार्गमा धेरैवटा बाधाहरू सृजना गरे पनि २० वर्षअघि रोपेको सानो बीउ आज विशाल वट वृक्ष भएको छ।

प्रधानमन्त्री भाइब्रेन्ट गुजरात ग्लोबल समिटले २० वर्ष पूरा गरेको उपलक्ष्यमा अहमदाबादको साइन्स सिटीमा आयोजित एक कार्यक्रममा सामेल भए। यसमा उद्योग संघ, व्यापार औ वाणिज्य क्षेत्रका प्रमुख हस्तिहरू, युवा उद्यमीहरू, उच्च एवं तकनिकी शिक्षा महाविद्यालयहरूका विद्यार्थीगण सहित अन्यको उपस्थिति रहेको थियो। प्रधानमन्त्रीले भने, भाइब्रेन्ट गुजरात शिखर सम्मेलन आज एउटा पर्व भएको छ।

प्रधानमन्त्री मोदीले भने, यसको शुरूआती चरणमा केन्द्र सरकारले कैयौं बाधाहरू सृजना गऱ्यो। निवेशकहरूलाई गुजरातमा निवेश नगर्नको लागि धम्काइन्थ्यो। कुनै पनि मन्त्री सम्मेलनमा सामेल हुनका लागि राजी हुँदैनथे। यस्तो कठिन समयमा भाइब्रेन्ट गुजरातले आफ्नो शुरूआत गरेर अन्य राज्यहरूलाई पनि योसित जोड़्यो। वर्ष २०१४- मा केन्द्रमा आफ्नो सरकार आएपछि उनले यस लक्ष्यलाई विस्तार गर्दै भारतलाई दुनियाँको ग्रोथ ग्रन्थ बनाउने ठाने। आज भारत दुनियाँमा सबैभन्दा तीव्र गतिमा बढ़्दो अर्थव्यवस्था भएको छ र अब चाँड़ै नै भारत दुनियाँको तेस्रो सबैभन्दा ठूलो अर्थव्यवस्था हुनेछ।

उनले भने, “आज मलाई स्वामी विवेकानन्दले भनेका कुरा याद आइरहेको छ। प्रत्येक कामलाई तीन चरण भएर गुज्रिनुपर्छ। पहिला- मानिसहरूले यसको उपहार गर्छन्। दोस्रो- विरोध गर्छन् र तेस्रो- अन्ततः यसलाई स्वीकार गर्छन्। वर्ष २००१-मा आएको भीषण भूकम्पभन्दा पहिला गुजरात भयानक अनिकालसित जुझिरहेको थियो। भूकम्पबाट लाखौं मानिसहरू प्रभावित भए। यसबीच गोधराको हृदय विदारक घटना भयो। त्यसपछि गुजरात हिंसाको आगोमा झोसियो।

उनले बताए, आज भाइब्रेन्ट गुजरातमा १३५ देश, ४० हजार प्रतिनिधि औ २ हजारभन्दा अधिक एक्जीबिटर्स सामेल हुन्छन्। भाइब्रेन्ट गुजरातको सफलताले उनीहरूको र राज्यको धनिष्ठालाई दर्शाउँछ साथै यसलाई पनि दर्शाउँछ कि उनीहरूलाई असीम स्नेह प्राप्त भएको छ। उनले भने, एक समयमा गुजरातलाई केवल व्यापारी राज्यको रूपमा चिनिन्थ्यो भने आज यहाँ कृषि, उद्योग एवं वित्तीय संस्थाहरूको व्यापक स्तरमा विस्तार भएको छ। यसको पछाड़ि भाइब्रेन्ट गुजरातको ठूलो योगदान रहिआएको छ। यस अवधि प्रधानमन्त्रीले उद्योग जगतसित अपील गरे, उनीहरूले ती क्षेत्रहरूको पहिचान गरून् जसमा भारतले विस्तार गर्नसक्छ।

यसअघि प्रदेशका मुख्यमन्त्री भूपेन्द्र पटेलले भने, “यो सफलताको शिखर हो। शिखरसम्मको यात्रा ३०० व्यापारिक साझेदारहरूसित शुरू भएको थियो। प्रधानमन्त्रीले गुजरातलाई गिफ्ट सिटी धोलेरा जस्तो विश्वस्तरीय परियोजना दिएका छन्।” समारोहमा उपस्थित देशका प्रमुख उद्योगपति लक्ष्मी मित्तलले भने “भारत दुनियाँको सबैभन्दा तीव्र गतिमा बढ़्दो अर्थव्यवस्था हो।”

भाइब्रेन्ट गुजरात ग्लोबल समिटको यात्रा २८ सेप्टेम्बर, २००३ -मा शुरू भएको थियो जतिबेला नरेन्द्र मोदी गुजरातका मुख्यमन्त्री थिए। अहिले यो एउटै वैश्विक कार्यक्रम भएको छ जसले भारतमा सबैभन्दा प्रमुख व्यवसायिक शिखर सम्मेलनहरूमध्ये एकको दर्जा प्राप्त गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement