कमानवासीले पनि पाउने जीटीए वागवानी विभागको सुविधाहरू

IMG-20230927-WA0243.jpg

दार्जिलिङ: जीटीएको बागवानी विभागका एमओडी सभासद प्रणाम रसाइलीले कोलकताबाट एक भिडियो जारी गरेर कमानवासीले पनि जीटीए बागवानी विभागके सुविधाहरू प्राप्त गर्न सक्ने बताएका छन्। उनले भिडिय जारी गर्दै भने, दशैं अघि नै १८७ कमानका लाभार्थीहरूले कृषि, फूलखेती आदि खेती गर्न पोली हाउस पाउनेछन्।”
प्रणाम रसाईलीले आज कोलकत्तामा विभागका एसिस्टेन्ट सेक्रेटरी डा सुब्रतो गुप्ता सँग भेटघाट पछि उक्त घोषणा गरेका हुन्। प्रणाम रसाइलीले जानकारी दिए अनुसार आजसम्म कमान क्षेत्रमा कृषि आदिको विकासको निम्ति कुनै पनि पहल विभागले गर्नु सक्दैन।

कुनै पनि पहल कमान क्षेत्रमा गर्न चिया बगानको अनुमति अनि एनओसी चाहिन्छ। त्यसै अनुरूप विभागले अनुमति संकलन गर्ने कार्य गर्यो। एनओसी प्राप्त गरिएको चियाबगानका १८७ जना लाभार्थीहरूलाई पोली हाउस वितरण गरिनेछ। जीटीए सभाले विभागीय सुविधा चिया कमानमा पनि पुर्याउने प्रस्ताव पारित गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement