टेट परीक्षा बारे विभागीय सचिवलाई जानकारी नहुनु दालमा कालो रहेको प्रमाणित भएको छ: अजय एडवाडर्स

IMG-20230927-WA0275.jpg

दार्जीलिङ: जीटीएद्वारा आयोजित टेट परीक्षाको बारेमा विभागीय सचिवलाई जानकारी समेत नहुनु दालमा कालो रहेको प्रमाणित भएको छ भनी हाम्रो पार्टीको अध्यक्ष एंव जीटीए सभासद अजय एडवाडर्सले बताएका छन्। जीटीएद्वारा आयोजित टेट परीक्षाको सन्दर्भमा जानकारी प्राप्त गर्न हाम्रो पार्टी अध्यक्ष एंव सभासद अजय एडवाडर्स अनि उनको टिम लुइस जुब्लीस्थित जीटीएको शिक्षा विभागको कार्यालयमा विभागीय सचिव मोदागसंग भेट गर्न पुगेका थिए। यस अवधि हाम्रो पार्टी अध्यक्ष एंव सभासद अजय एडवाडर्ससँग सभासद रूबेन दास प्रधान, सभासद प्रतिम सुब्बा, सभासद सन्नी बम्जन, सभासद रोबर्ट छेत्री आदि सामेल थिए। विभागीय सचिव मोदाकसंग भेटवार्तापछि हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले पत्रकारहरूसंगको कुराकानीमा जीटीएद्वारा आयोजित टेट परीक्षाको सन्दर्भमा विभागीय सचिवलाई जानकारी समेत नहुनु भनेको दालमा कालो रहेको प्रमाणित हुन्छ भन्ने तिनले बताए। जीटीएले २०२१ मा टेट परीक्षाको आयोजना गरेको थियो अनि त्यस समय शिक्षा विभागीय सचिवको पदमा मोदाक नै थिए अध्यक्ष एवाडर्सले भने। उनले अझ भने, जीटीएद्वारा आयोजित टेट परीक्षामा ४० हजार परीक्षार्थीहरूले फारम दर्ता गरेका थिए जसमा १४ हजार ४ सय ९९ परीक्षार्थीहरूले परिक्षामा अंश ग्रहण गरेको थियो। परीक्षामा अंश ग्रहण गरेका परीक्षार्थीहरूले विभिन्न पुलिस थानाहरूमा आ आफ्नो पक्षबाट एफआईआर दर्ता गर्ने कार्यहरू गर्दै आईरहेको छ भने हामीले यसबारे न्यायलयको ढोका खट्खटाउने योजना पनि बनाउँदै आईरहेका छौं।’
एजवर्डले अझ भने, जीटीएद्वारा आयोजित टेट परीक्षाको बारेमा शिक्षा विभागीय सचिवलाई परीक्षाको नियम आदि बारेमा निश्चय पनि जानकारी हुन्छ तर उक्त परीक्षाबारे उनलाई जानकारी समेत नगराएको र गत २०२१ मा जीटीएद्वारा आयोजित टेट परीक्षाको समयमा जीटीए चेयरम्यानको पदमा अनित थापा थिए अनि डीआईको पदमा छिरिङ दाहाल थिए। तर शिक्षा विभागीय सचिवलाई अवगत नगराई टेट परीक्षा गर्ने अनुमति जीटीएले कसरी पायो?’
हाम्रो पार्टीको अध्यक्ष अजय एजवर्डले अघि भने, ‘जीटीएद्वारा आयोजित टेट परीक्षा घोटाला भएको दिन प्रतिदिन प्रमाणित हुँदै जाँदैछ। बंगाल विधानसभा चुनावमा भोट जित्ने शुरमा विद्यार्थी नानीहरूको भविष्यसंग खेलवाड गर्ने कार्य हुँदैछ। गत २०२१ मा सम्पन्न भएको चुनावमा दार्जीलिङ विधानसभा आसनबाट केश्वराज पोख्ररेल, खरसाङ विधानसभा आसनबाट छिरिङ दाहाल र कालेबुङ विधानसभा समष्टि आसनबाट रूदेन सादा लेप्चा चुनावी मैदानमा खडा भएका थिए अनि यी उम्मेद्वारहरूलाई विजय तुल्याउन जीटीएको चौकीमा बस्नेहरूले फर्जी टेट परीक्षा गराएका थिए भन्ने प्रमाणित हुँदैछ।’
उनले अझ भने, भोलि बिहीबार हामी जिल्ला स्कूल बोर्ड कार्यालयमा जान्दैछौं अनि १४ हजार ४ सय ९९ परिक्षार्थीहरूले लेखेको परिटीक्षा पत्रको मांग गर्ने छौं अनि हामीलाई २४ घण्टाभित्र परीक्षा पत्र चाहिन्छ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement