खरसाङमा तीन दिवसीय मारुती नृत्य विषयमा कर्मशालाको समापन

IMG-20230927-WA0267.jpg

खरसाङ: सूचना एवं सांस्कृतिक विभाग पश्चिम बंगाल सरकार र शिशु किशोर एकाडेमीको संयुक्त आयोजनामा साथै पश्चिम बंगाल सरकार र मुख्यमन्त्री ममता ब्यानर्जीको पहलमा खरसाङमा सम्पन्न मारूनी नृत्यको तीन दिवसीय कर्मशालाको समापन भएको छ। गत २५ सेप्टेम्बरदेखि शुरु भएको उक्त कार्मशालाको आज २७ सेप्टेम्बरको दिन समापन भएको छ। श्री सत्य साई सेवा समिति, साई भवन खरसाङमा महकुमा सूचना एवं सांस्कृतिक विभाग खरसाङको सहयोगितामा उक्त कर्मशाला सम्पन्न भएको छ। यस तीन दिवसीय मारूती नृत्य कर्मशालामा ३० जना नानीहरूलाई मारुती नृत्य सिकाइएको छ। यस अन्तिम दिनको कर्मशालामा स्वागत सम्भाषण महकुमा सूचना अनि सांस्कृतिक विभाग खरसाङको अधिकारी अनिरबन दामले राखेका थिए।

यस मारूनी नृत्यको कर्मशालामा प्रशिक्षकको रूपमा अनुशा लामा अनि दुर्गा लामा रहेका थिए। यस कर्मशालाको अन्तिम दिन जीटीएको सभासद श्याम शेर्पा मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए। उनीसितै यस कार्मशालामा दार्जिलिङ जिल्ला सूचना अनि सांस्कृतिक विभागीय अधिकारी खाङ डोमा भूटिया, शिशु किशोर एकाडेमीको सचिव इन्चार्च, सूचना अनि सांस्कृतिक विभाग पश्चिम बंगाल सरकार मन्द्राकान्ता माहलन्बीस अनि महकुमा सूचना अनि सांस्कृतिक विभाग खरसाङको अधिकारी अनिरबन दाम लगायत नानीहरूका अभिभावकहरू पनि उपस्थित रहेका थिए। यस मारूति नृत्य कर्मशालामा सहभागिता जनाउने तीसजना नानीहरूलाई प्रमाण पत्रहरू पनि वितरण गरिएको छ।

उक्त प्रणाम पत्रहरू मुख्य अतिथि जीटीएको सभासद श्याम शेर्पा र अन्यको बाहुलीबाट वितरण गरिएको छ। उक्त कार्यक्रममा मुख्य अतिथिको रूपमा बोल्दै सभासद श्याम शेर्पाले यस्तो राम्रो र महत्वपूर्ण कार्यक्रम आयोजना गरेर हाम्रो संस्कार र संस्कृति जोगाउन सहयोग गर्न पहल गरिदिएकोमा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई धन्यवाद दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement