२७ सेप्टेम्बरः सिमुलबारी स्पोर्टिंग क्लबको तत्त्वावधानमा आयोजित सिमुलबारी गोल्ड कप फूटबल टुर्नामेण्टको चौथो सीजनमा सोनापुर आदिवासी क्लबले क्वार्टर फाइनलमा स्थान बनायो। बुधवार सिमुलबारी खेल मैदानमा भएको म्याचमा सोनापुर आदिवासी क्लबले कालेबुङ पुलिसलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट दुवै गोल सुब्रत नायकले गरे। यसरी कालेबुङ पुलिसबाट अजय तामाङले गोल गरे। सुब्रत नायकलाई प्लेयर अव् द म्याच चयन गरियो। अब बिहीवार खेलिने म्याचमा अम मानाबारी र सिलगढ़ी युनाइटेड एफसी-बीच भिड़न्त हुनेछ। यस प्रतिष्ठित टुर्नामेण्टमा नामी-दामी २० वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल क्रमशः ६ र ७ अक्टोबरमा खेलिनेछ। यसरी फाइनल १० अक्टोबरमा हुनेछ। सिमुलबारी गोल्ड कप फूटबल टुर्नामेण्टको चौथो सीजनमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।