टेट परिक्षालाई लिएर दुव्र्यवहार हुने पहाडका सबै युवालाई पुलिस थानामा उजुरी दिनुपर्छ: राजु विष्ट

bae291a7-a00d-40a7-9590-9dcef61c6798

सिलगढी: दार्जिलिङका सांसद राजु विष्ट पहाडमा नक्कली टेट परीक्षाको बिरूद्ध आवाज उठाउनेछन्। घटनाको जानकारी गभर्नरलाई दिनुका साथै सीबीआईबाट छानबिन गर्न पनि माग गरिएको छ। बागडोगरा विमानस्थलमा अवतरणपछि सांसदले पहाडमा टेटको नाममा उत्पीडनमा परेका सबै विद्यार्थीलाई पुलिस थानामा उजुरी दिन आग्रह गरे। त्यसको खर्च राजु विष्ट आफैंले व्यहोर्ने उनले बताए। उनीहरुका लागि सांसदले वकिलको पनि व्यवस्था गर्नेछन्। आगामी दिनमा यस्तो ठगी नदोहोरियोस् भनेर युवाहरूले आवाज उठाउनुपर्ने उनको भनाइ छ। उनले यो विषय आफ्नो विभागको विषय भएकाले छानबिन गर्न प्रदेश शिक्षामन्त्रीलाई पनि आग्रह गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement