नदीबाट नवजात शिशुको शव फेला पऱ्यो

IMG-20230528-WA0320-5-300x172-8

सिलगढ़ीः नक्सलबाड़ीको बाबूपाड़ा स्थित एक नदीबाट बुधवार एक नवजात शिशुको शव फेला परेको छ। नवजात शिशुको शव भेटिएकोले क्षेत्रमा सनसनी फैलियो।

जानकारी अनुसार, आज बिहान बाबूपाड़ाको खेमची नदीमा स्थानीय मानिसहरूले एक नवजात शिशुको शव देखे। यसको सूचना नक्सलबाड़ी थानालाई दिइयो। सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले नवजातको शवलाई आफ्नो कब्जामा लिएर नक्सलबाड़ी ग्रामीण अस्पताल पठायो। जहाँबाट शवलाई पोस्टमार्टमको निम्ति उत्तर बंगाल मेडिकल कलेज एवं अस्पताल पठाइयो। नक्सलबाड़ी थाना पुलिस जाँचमा जुटेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement