गोर्खा कप २०२३: वाईबीएफसी कूचबिहारको रोमाञ्चक जीत

photocollage_2023927185116997.jpg

२७ सेप्टेम्बरः खोकला युनाइटेड स्पोर्ट्स एसोसिएशन, जयगाउँको तत्त्वावधानमा आयोजित गोर्खा कप २०२३ नक्आउट फूटबल टुर्नामेण्टमा वाईबीएफसी कूचबिहारले रोमाञ्चक जीतको साथ क्वार्टर फाइनलमा स्थान बनायो। गोबर ज्योति खेल मैदान, बिबारे बजार (खोकला बस्ती)-मा बुधवार खेलिएको म्याचमा वाईबीएफसी कूचबिहारले दार्जीलिङ पुलिसलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल रोहित थापाले गरे, जसलाई प्लेयर अव् द म्याच चयन गरियो। टुर्नामेण्टको दुईवटा सेमिफाइनल १२ र १३ अक्टोबरमा हुनेछ। यसरी फाइनल १५ अक्टोबरमा खेलिनेछ।

टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement