कोलकाताः नियुक्ति भ्रष्टाचार मामिलामा पक्रा परेपछि जेलमा बन्द पूर्व शिक्षा मन्त्री पार्थ च्याटर्जी विरूद्ध एकपल्ट फेरि सीबीआईले महत्वपूर्ण तथ्य पेश गरेको छ। च्याटर्जीसित जोडिएका ३५ खातामा अवैध तरिकाले करोड़ौं रूपियॉंको लेनदेन भएको दाबी गरिएको छ। यसपछि अब भविष्यमा उनले जमानत पाउने सम्भावना समेत प्रभावित बन्न सक्ने देखिएको छ।
एक सालभन्दा धेरै समयदेखि जेलमा बन्द पार्थका वकीलहरूले सीबीआईमाथि कुनै नयॉं कुरा प्राप्त गर्न नसकेको बताउॅंदै पार्थको स्वास्थ्य पनि राम्रो नरहेको बताएका छन्। तर, सीबीआईको उक्त रिपोर्टले पार्थको समस्या बढ़ाएको छ।
सीबीआईका एक अधिकारीले भने, एक दिनअघि मंगलवार कलकत्ता हाई कोर्टमा रिपोर्ट पेश गरिएको छ। अहिलेसम्म ३५ फर्जी संगठनका ठेगानाहरू पत्तो लागेका छन्। सीबीआई अनुसार, भर्ती घोटालामा फॅंसेका पूर्व शिक्षा मन्त्री च्याटर्जीले यस्ता धेरै फर्जी कम्पनीहरू खोलेका छन्। फरेन्सिक विभागको मद्दत लिएर डिटेल बाहिर ल्याउने प्रयास गरिॅंदैछ। सीबीआईले आवश्यकता अनुसार नयॉं कम्पनी खोलिएको र त्यस खाताबाट करोड़ौंको लेनदेन भएको बताएको छ।
-हिस