निर्ममतापूर्वक हत्या गरिएको नाबालिग विद्यार्थीको युट्युब भिडियो बनाउने दुई युट्युबरलाई पक्राउ गरी अदालतमा पेश

12f1ae56-382a-46cd-b754-ac44f8e50fb9

सिलगढीः मटिगढामा निर्ममतापूर्वक हत्या गरिएकी बालिकाको युट्युब भिडियो बनाएर दुई युट्युबर जेल परेका छन्। नारी शक्ति नामक संगठनको उजुरीको आधारमा पक्राउ परेका दुई युवालाई बुधबार दिउँसो सिलगढी डिभिजनल कोर्टमा पेश गरिएको थियो। पुलिस स्रोतका अनुसार उनीहरुको नाम पलाश साह र हृदय बर्मन रहेको छ। गत महिना सिलगढीको मटिगढा क्षेत्रमा एक नाबालिग छात्राको हत्या भएको थियो। उक्त घटनापछि राज्यको राजनीतिमा यो घटनालाई लिएर निकै हलचल मच्चिएको छ। यो घटनापछि दुवै युवा एक नाबालिग छात्राको नाममा भिडियो बनाउँदै समातिएका थिए। यसपछि यो भिडियो नारी शक्ति नामक संस्थाको ध्यानमा आयो। उनले पहिले मटिगढा पुलिस थानामा लिखित उजुरी दिएका थिए।

पछि, यस महिनाको २६ गते सिलगढी साइबर क्राइम पुलिस स्टेशनमा उजुरी दर्ता गरियो। घटनाको अनुसन्धानपछि सिलगढीको मटिगढा थानाको पुलिसले गए राति सिलगढीको असिघरबाट दुई युवकलाई पक्राउ गरेको हो। त्यसपछि साइबर क्राइम पुलिसलाई बुझाइएको थियो। पक्राउ परेका दुवैलाई बुधबार दिउँसो सिलगढी महकुमा अदालतमा लगिएको थियो। पुलिसले सबै घटनाको अनुसन्धान सुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement