चाल्सामा भानुभक्तको सालिग अनावरण

IMG-20220713-WA0236.jpg

चाल्सा: मटेली क्षेत्रको चाल्सा गोलाईस्थित लालशुक्रा र्पाकमा आज आदिकवि भानुभक्त आचार्यको सालिग अनावरण गरियो| कार्यक्रममा मुख्य अतिथिको रूपमा मटेली खण्ड विकास अधिकारी विपल्प विश्वाश, पञ्चायत समिति सभापति बिक्रम रुण्डा,मटेली थानाका आईसी सन्जिव निलम कूजुर, समाजसेवी आशिष कुण्डु, मटियाली बाताबाड़ी १ नम्बर ग्राम पञ्चायतको प्रधान दिपक भुजेल उपस्थित थिए| उक्त कार्यक्रममा रामायण पाठ, कविता पाठ, एवम् संस्कृतिक कार्यक्रम पनि राखिएको थियो| आज प्रथममा भानुभक्त आचार्यको सालिग अनावरण गरियो| कार्यक्रममा नौमती बाजा बजाएर एउटा र्या्ली गरी सालबानी क्लब प्राङ्गणमा ल्याएको थियो| मटेली ब्लकको चाल्सा गोलाईमा पहिलोपल्ट कवि भानुभक्त आचार्यको सालिग अनावरण गरिएको थियो|
यसरी नै बुधवार कवि भानुभक्त आचार्यको जन्म जयन्तीको उपलक्ष्यमा डुवर्सका विभिन्न क्षेत्रको स्कूलहरूमा पनि पालन गरियो| मटेली, चाल्सा, चिलाउने चियाबारी, सामसिङ, इन्डोङ, विद्यार्थीहरूद्वारा पनि भानुभक्तको फोटोमा माल्यार्पण गरेर कविता पाठ गरिएको थियो| चिलाउने चियाबारीको साइ माध्यमिक शिक्षा केन्द्रमा पनि कवि भानुभक्त आचार्यको जन्म जयन्ती धुमधामको साथमा पालन गरियो| जसमा चियाबारीका समाजसेवी निर्मला दियाली, समाजसेवी अन्नत प्रधान,मटेली हाट ग्राम पञ्चायतका उपप्रधान दिपेन्द्र दर्जी, पाठशालाका प्रधानाध्यापक शान्ति प्रधान, शिक्षक देवराज प्रधान,बिक्रम बरदेवा,मणि मुखिया,राजु तामाङ तथा अन्य धेरै मानिसहरूको उपस्थिति रहेको थियो| जसमा स्कुलका विद्यार्थीहूले रामायण पाठ, कविता पाठ, एवम् संस्कृतिक भेषभूषा लगाएर नेपाली नृत्य पनि गरेका थिए|

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement