सिलगढी: तृणमूल युवा कङ्ग्रेसका राज्य अध्यक्ष सायनी घोष परिवार सहित दार्जिलिङ भ्रमणमा आएकी छिन्। सायनी घोष परिवार सहित आज विमान मार्फत् कोलकाताबाट बाघडुग्रा हवाईअड्डामा आइपुगेपछि सडक मार्ग भएर दार्जिलिङतर्फ प्रस्थान गरिन्। दार्जिलिङ प्रस्थान गर्न अघि बाघडुग्रा हवाईअड्डामा तृणमूल युवा कङ्ग्रेसका नेताहरूले सायनी घोषलाई भव्य स्वागत गरे। यस अवसरमा सायनी घोषले भनिन्, परिवारको साथमा दार्जिलिङ घुम्नको लागि आएकी हुँ। म विदेश गएको होइन। तिनले १०० दिनको बकाया राशिको मागलाई लिएर आगामी २ अक्टोबरमा दिल्लीमा धरना प्रदर्शन गरिने बताइन्। ममता ब्यानर्जी र अभिषेक ब्यानर्जीको निर्देशअनुसार राजघाटपछि जन्तर मन्तर र केन्द्रीय मन्त्री गिरिराज सिंहको घरमा जानेछौँ।