मुख्यमन्त्रीले लाचुङमा सामतेन छोलिङ गुम्पामा पूजा-अर्चना गरे

n5416511541695814514233835b068c003e1cf817c4cd3dfb5fe0dad25bc52794134cbd043854e370350d5d.jpg

मंगन: मुख्यमन्त्री प्रेमसिंह तामाङले बुधवार बिहान सामतेन छोलिङ गुम्पा, लाचुङ भ्रमण गरेर आफ्नो तेस्रो दिनको जनता भेट कार्यक्रमको शुरूवात गरे। मुख्यमन्त्रीको साथमा मन्त्रीहरू केएन लेप्चा, साम्डुप लेप्चा र सोनाम लामा तथा अन्यहरू पनि थिए।

मुख्यमन्त्रीले आज बिहान लाचुङको सामतेन छोलिङ गुम्पामा पूजा-अर्चना गरे। यसैगरी, उनले गुम्पाका लामाहरूसॅंग अन्तरक्रिया पनि गरे। यस अघि मुख्यमन्त्रीलाई लाचुङस्थित फरेस्ट गेस्ट हाउसमा गार्ड अफ् अनरले सम्मान जनाइएको थियो।

उल्लेखनीय छ, आज लाचुङमा जनता भेट कार्यक्रम सम्पन्न गरिने छ। मुख्यमन्त्री तामाङ अहिले चार दिवसीय लाचेन-मंगन निर्वाचन क्षेत्रको भ्रमणमा रहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement