मणिपुरमा विरोध प्रदर्शनको अवधि लाठीचार्ज हुँदा ४५ विद्यार्थी घाइते

00-1-Rashtriya-Samachar-23

इम्फाल: मणिपुरको स्थितिमा कुनै परिवर्तन आएको देखिँदैन। केही दिनपछि राज्य सरकारले फेरि इन्टरनेटमा प्रतिबन्ध लगाएको छ। इन्टरनेट सेवा शुरु भएपछि दुई विद्यार्थीको शवको तस्बिर भाइरल भएको थियो। यो हत्याको विरोधमा हिजो (२६ सेप्टेम्बर) फेरि प्रदर्शन भएको छ। सो क्रममा पुलिसले भीडलाई लाठीचार्ज गर्नुका साथै अश्रुग्यास प्रहार गरेको थियो। प्रहरीको झडपमा ४५ विद्यार्थी घाइते भएको बताइएको छ। मणिपुरमा फेरि तनावको स्थिति सिर्जना भएको छ। सरकारले आउँदो ५ दिनका लागि इन्टरनेट सेवा बन्द गरेको छ। राज्यका सबै विद्यालय २९ सेप्टेम्बरसम्म बन्द राख्न निर्देशन दिइएको छ। सरकारले दिएको जानकारी अनुसार राज्यको क्षेत्राधिकार अन्तर्गत पर्ने भीपीएन मार्फत हुने मोबाइल इन्टरनेट डाटा सेवा, इन्टरनेट/डेटा सेवा १ अक्टोबर २०२३ बेलुका ७:४५ बजेसम्म तत्कालका लागि बन्द गर्ने निर्णय गरिएको छ।

दुई विद्यार्थीको शवको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको घण्टापछि इम्फाल जिल्लामा विद्यालय र कलेजका विद्यार्थीहरूले र्‍याली निकालेका छन्। यस क्रममा विद्यार्थीहरुले हत्यारालाई छिटोभन्दा छिटो पक्राउ गर्न माग गरेका छन्। प्रदर्शनकारीहरू मुख्यमन्त्री सचिवालयतर्फ जान खोजिरहेका थिए तर पुलिसले उनीहरूलाई इम्फालको पूर्वी जिल्ला सान्जेनथोङ नजिकै रोकेको बताइएको छ। त्यसपछि विद्यार्थी र पुलिसबीच झडप भएको थियो भने पुलिसले विद्यार्थीलाई रोक्न अश्रुग्यास प्रहार गरेको थियो। आन्दोलनरत विद्यार्थीलाई छरपस्ट पार्न पुलिसले लाठीचार्ज गरेको थियो, जसमा धेरै विद्यार्थी घाइते भएको बताइएको छ। पुलिसको झडपमा ४५ भन्दा बढी विद्यार्थी घाइते भको समाचार छ। घाइते विद्यार्थीहरूलाई इम्फाल पूर्व र पश्चिम जिल्लाका धेरै निजी र सरकारी अस्पतालहरूमा भर्ना गरिएको छ। घाइतेमध्ये १२ जनाको सरकारी अस्पतालमा उपचार भइरहेको छ भने ३३ विद्यार्थीको निजी अस्पतालमा उपचार भइरहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *