भाजपाका वरिष्ठ नेता शाहनवाज हुसैनको स्वास्थ्यमा सुधार

00-1-Shahbawaz-Hussain

मुम्बई: भाजपाका वरिष्ठ नेता शाहनवाज हुसैनलाई हिजो (२७ सेप्टेम्बर) साँझ हृदयघात भएको थियो। त्यसपछि उनलाई मुम्बईको लीलावती अस्पतालमा भर्ना गरिएको छ। अहिले उनको स्वास्थ्यमा सुधार भइरहेको छ। उनलाई आईसीयूबाट निजी वार्डमा सारिएको छ। उनी अझै केही दिन चिकित्सकको निगरानीमा रहनेछन्। हिजो हृदयघात भएपछि उनको एन्जियोप्लास्टी गरिएको थियो। चिकित्सकले शाहनवाज हुसैनको अवस्था हिजोको भन्दा निकै राम्रो रहेको बताएका छन्। शाहनवाज हुसैनको स्वास्थ्य मंगलबार साँझ अचानक बिग्रिएको थियो। उनको रक्तचाप उच्च भयो र त्यसपछि उनलाई हृदयघात भयो। यसपछि उनको एन्जियोग्राफी गरियो र केही ब्लकेज भेटिएपछि चिकित्सकले उनको उपचार गरे। शाहनवाज हुसैन मुम्बईमा बान्द्राका विधायक र भाजपा मुम्बई अध्यक्ष आशिष शेलारको घर गएको बताइएको छ। यहीँबाट उनलाई समस्या हुन थाल्यो। उनको स्वास्थ्य बिग्रिँदा आशिष शेलारले उनलाई अस्पताल लगे। यहाँ चिकित्सकहरुले उनलाई हृदयघात भएको बताएका छन्। उनलाई तत्काल अस्पताल भर्ना गरी उपचार शुरु गरियो। त्यसपछि डा जलिल पार्करको रेखदेखमा उनको एन्जियोप्लास्टी गराई आईसीयूमा राखियो। शाहनवाज हुसैन भाजपाका वरिष्ठ र धेरै लोकप्रिय नेता हुन्। गत महिनाको शुरुमा पनि उनको स्वास्थ्य अचानक बिग्रिएपछि उनलाई नयाँ दिल्लीको एम्समा भर्ना गरिएको थियो। त्यतिबेला एम्सका डाक्टरहरूले उनलाई भाइरल र निमोनियाबाट पीडित भएको बताएका थिए। त्यसपछि उनलाई आराम गर्न भनिएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *