एशियन गेम्स २०२३: ५० मीटर राइफल थ्री पोजिशनमा वर्ल्ड रेकर्डको साथ स्वर्ण पदक जितिन् सिफ्ट कौरले

IMG-20230927-WA0202.jpg

२७ सेप्टेम्बरः भारतकी सिफ्ट कौर सामराले बुधवार चीनको हांगझोऊमा जारी एशियन गेम्समा महिलाहरूकी ५० मीटर राइफल थ्री पोजिशन स्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै वर्ल्ड रेकर्डको साथ स्वर्ण पदक जितिन्। यस स्पर्धामा भारतकै आशी चौकसीले काँस्य पदक जितिन्। सिफ्टले फाइनलमा ४६९.६ पोइण्ट्स बटुलिन्, जुन वर्ल्ड रेकर्ड हो। यसअघि यो रेकर्ड ब्रिटेनकी सियोनेड मेकिनटोशको नाममा रहेको थियो, जसले ४६७.० पोइण्ट्स हासिल गरेकी थिइन्। सिफ्टले क्वालीफाईंग राउण्डमा पनि संयुक्त रूपले एशियन रेकर्ड बनाएकी थिइन्। यस स्पर्धामा आशीले ४५१.९ पोइण्ट्सको साथ काँस्य पदक जितिन्। स्पर्धामा सिफ्टले कसैलाई पनि छेउछाउ आउने मौका दिइनन्। चीनकी कियोंगयुई झेंगले ४६२.३ पोइण्ट्सको साथ रजत पदक जितिन्, जुन भारतीय शूटरभन्दा ७.३ पोइण्ट कम्ती हो। आशी, माणिनी र सिफ्टको भारतीय टीम क्वालीफिकेशनमा १७६४ पोइण्ट्सको साथ दोस्रो स्थानमा रहेको थियो। आयोजक चीनले जम्मा १७७३ पोइण्ट्सको साथ स्वर्ण पदक जितेको थियो। यसरी दक्षिण कोरियाई टीमले १७५६ पोइण्ट्सको साथ काँस्य पदक हासिल गरेको थियो। सिफ्ट र आशीले क्रमशः दोस्रो र छैटौं स्थानमा रहेर फाइनलमा स्थान बनाएकी थिइन्। सिफ्टले ५९४ पोइण्ट्स हासिल गरेकी थिइन्, जुन क्वालीफाईंगमा संयुक्त रूपले नयाँ एशियन रेकर्ड हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement