अल बेङ्गल आदिवासी स्टुडेन्ट यूनियनद्वारा डीआरएमलाई ज्ञापन

IMG-20220713-WA0235.jpg

कालचिनी: अल बेङ्गल आदिवासी स्टुडेन्ट यूनियन द्वारा आज अलिपुरद्वार डीआरएम समक्ष एउटा ज्ञापन सुम्पिएको जानकारी उक्त यूनियनको सचिव हाकिम महलीले जनाएका छन। मूलतः अलिपुरद्वारदेखि झारखण्ड राँचीसम्म जाने रेल परिसेवा सप्ताहमा केवल एकपल्ट भएको र यसलाई सप्ताहमा दुईपल्ट गरेर चलाउन आग्रह गर्दै ज्ञापन सुम्पिएको हाकिम महलीले जनाएका छन।
अलिपुरद्वार, जलपाईगढी, दार्जीलिङ, उत्तर र दक्षीण दिनाजपुर जिल्लामा बहुसंख्यक आदिवासीहरूको बसोबास रहेको र छोटा नागपुर वर्तमान झारखण्ड राँचीसित आउजाउ सम्बन्ध रहेको तर रेल परिसेवा पर्याप्त नभएकोले गरीब आदिवासीहरू झारखण्ड जान नपाएकोले रेलवे प्रशासन समक्ष अलिपुरद्वारदेखि झारखण्ड राँचीसम्मको रेल परिसेवालाई सप्ताहिक दुई दिन चलाउने निवेदन गरिएको अल बेङ्गल आदिवासी स्टुडेन्ट यूनियनका सदस्यहरुले जनाएका छन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement