२७ सेप्टेम्बरः मनु भाकर, ईशा सिंह र रिदम सांगवानकी टीमले बुधवार चीनको हांगझोऊमा जारी १९औं एशियन गेम्सको महिला २५ मीटर पिस्टल टीम स्पर्धामा स्वर्ण पदक जित्यो। मनु, ईशा र रिदमकी टीम जम्मा १७५९ पोइण्ट्सको साथ शीर्षमा रहेर स्वर्ण पदक जित्न सफल भयो। एशियन गेम्सको जारी संस्करणमा यो भारतको चौथो स्वर्ण पदक हो। यसरी शूटिंगमा यो भारतको दोस्रो स्वर्ण हो। यस स्पर्धामा चीनकी टीमले १७५६ पोइण्ट्सको साथ रजत अनि दक्षिण कोरियाकी टीमले १७४२ पोइण्ट्सको साथ काँस्य पदक जित्यो। भारतले महिलाहरूकी ५० मीटर राइफल थ्री पोजिशनको टीम स्पर्धामा पनि रजत पदक जित्यो। आशी चौकसी, माणिनी कौशिक र सिफ्ट कौर सामराकी टीम क्वालीफिकेशनमा १७६४ पोइण्ट्सको साथ दोस्रो स्थानमा रह्यो। आयोजक चीनकी टीमले १७७३ पोइण्ट्सको साथ स्वर्ण पदक जित्यो। यसरी काँस्य पदक दक्षिण कोरियाई (१७५६ पोइण्ट्स) टीमको नाममा रह्यो।