तमीम बिना नै वर्ल्ड कपको निम्ति टीम चयन गऱ्यो बंग्लादेशले

IMG-20230927-WA0153.jpg

२७ सेप्टेम्बरः बंग्लादेशले भारतमा हुने आईसीसी वनडे वर्ल्ड कपको निम्ति आफ्नो १५ सदस्यीय टीममा अंशिक रूपले फिट तमीम इकबाललाई सामेल नगर्ने विकल्प चयन गऱ्यो। अनुभवी ब्याटरले ढाड़को चोट, सन्न्यासको घोषणा गरपछि यू टर्न अनि कप्तानी छोड़्ने जस्तो लामो कहानीपछि न्यूजील्याण्ड विरुद्ध घरेलु वनडे सीरीजमा खेल्ने फसेला गरेका थिए तर वर्ल्ड कपको निम्ति शत प्रतिशत फिट हुन सकेनन्। तमीमलाई न्यूजील्याण्ड विरुद्ध तीनवटा म्याचको वनडे सीरीजको निम्ति टीममा स्थान दिइएको थियो। पहिलो म्याच वर्षाले गर्दा रद्द हुँदा उनले ब्याटिंग गर्न पाएनन्। त्यसपछि दोस्रो म्याचमा उनले ४४ रन बनाएका थिए तर म्याचपछि उनले ढाड़को चोट सम्पूर्ण रूपले निको नभएको बताएका थिए। यसको साथमा उनले फिटनेस समस्याहरूले गर्दा भारतमा हुने वर्ल्ड कपमा सबै म्याच खेल्न नसक्ने बताएका थिए। तमीमको यस्तो कुरा सुनेर कप्तान शाकिब अल हसन रिसाएका थिए। उनले अनफिट तमीमलाई टीममा नराख्ने अनि यस्तो भए वर्ल्ड कप नै बयकट गर्ने धम्की पनि दिएका थिए। अन्तमा कप्तानको कुरामाथि भरोसा गरेर बंग्लादेश क्रिकेट बोर्ड (बीसीबी)-ले तमीमलाई वर्ल्ड कपको टीममा नराख्ने फसेला गऱ्यो।
वर्ल्ड कपको निम्ति बंग्लादेशको टीमः
शाकिब अल हसन (कप्तान), लिटन दास, नजमुल हसन शान्तो, तञ्जीद हसन, तौहीद हृदोय, महमूदुल्लाह रियाद, मुश्फिकुर रहीम, मेहदी हसन, मेहदी हसन मिराज, तञ्जीम साकिब, नसुम अहमद, शोरफुल इस्लाम, हसन महमूद, तस्कीन अहमद, मुस्ताफिजुर रहमान।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement