एशियन गेम्सः पुरुष क्रिकेटमा नेपालद्वारा रन र रेकर्डको वर्षा

IMG-20230927-WA0143.jpg

२७ सेप्टेम्बरः क्रिकेट खेलमा कुनै पनि रेकर्ड स्थायी हुँदैन। एशियन गेम्स २०२३-को पुरुष क्रिकेट म्याचमा यस्तै एकाधिक रेकर्ड बनियो। यी सबै रेकर्ड बनाए नेपाल क्रिकेट टीमका खेलाड़ीहरूले। मंगोलिया विरुद्ध खेलिएको म्याचमा नेपाल टीमका कुशल मल्लले टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा तेज शतक अनि दीपेन्द्र सिंहले सबैभन्दा तेज अर्द्धशतकको रेकर्ड बनाए। यी दुईको विध्वंशी ब्याटिंगले गर्दै नै नेपालले टी२० अन्तर्राष्ट्रियमा सर्वाधिक टीम स्कोरको रेकर्ड पनि बनायो। वास्तवमा बुधवार खेलिएको म्याचमा टस जित्नु बाहेक अरू केही पनि मंगोलियाको पक्षमा रहेन।
नेपालको टीमले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ३ विकेट गुमाएर ३१४ रन बनायो। टी२० अन्तर्राष्ट्रियको इतिहासमा कुनै पनि टीमले बनाएको यो पहिलो ३०० रनभन्दा अधिकको स्कोर हो। नेपाललाई यस विशाल स्कोरसम्म पुऱ्याउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने कुशल मल्लले केवल ३४ बलमा शतक पूरा गरे, जुन टी२० अन्तर्राष्ट्रियमा सबैभन्दा तेज शतक हो। उनले भारतीय कप्तान रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेक रिपब्लिकका एस विक्रमासेकराको रेकर्ड तोड़े। यी तीनजनाले ३५-३५ बलमा शतक बनाएका थिए।

कुशल मल्लले ५० बल खेलेर १३ वटा छक्का र ८ वटा चौकाको साथ अविजित १३७ रन बनाए। त्यसपछि ईनिंग्सको अन्तिम ओभरहरूमा दीपेन्द्र सिंहले मैदान थर्काए। उनले केवल ९ बलमा आफ्नो अर्द्धशतक पूरा गरे अनि १० बलमा ८ वटा छक्काको साथ ५२ रन बनाएर अविजित रहे। यसरी उनले युवराज सिंहको रेकर्ड तोड़े, जसले २००७-को टी२० वर्ल्ड कपमा ईंग्ल्याण्ड विरुद्ध १३ बलमा अर्द्धशतक बनाएका थिए। कुशल मल्ल र दीपेन्द्र बाहेक म्याचमा कप्तान रोहित पौड़ेलले पनि ६ वटा छक्का र २ वटा चौकाको साथ २७ बलमा ६१ रन बनाए। जवाफमा मंगोलियाई टीम १३.१ ओभरमा ४१ रन बनाएर अलआउट हुँदा नेपाल २७३ रनले विजयी भयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement