गोर्खा कप २०२३: रेड बूल एफसी खोआरडांगा विजयी

photocollage_202392703728349.jpg

२६ सेप्टेम्बरः खोकला युनाइटेड स्पोर्ट्स एसोसिएशन, जयगाउँको तत्त्वावधानमा आयोजित गोर्खा कप २०२३ नक्आउट फूटबल टुर्नामेण्टमा रेड बूल एफसी खोआरडांगाले क्वार्टर फाइनलमा स्थान बनायो। गोबर ज्योति खेल मैदान, बिबारे बजार (खोकला बस्ती)-मा मंगलवार खेलिएको म्याचमा रेड बूल एफसी खोआरडांगाले मिक्स्ड अप् बोइज, खरसाङलाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट दुवै गोल सेमुएल नार्जीनेरीले गरे, जसलाई प्लेयर अव् द म्याच चयन गरियो। उनलाई आजका मुख्य अतिथि जयगाउँ ग्राम पञ्चायत १-का प्रधान कमल पाख्रिनको बाहुलीबाट ट्रफी प्रदान गरियो। टुर्नामेण्टको दुईवटा सेमिफाइनल १२ र १३ अक्टोबरमा हुनेछ।

यसरी फाइनल १५ अक्टोबरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement