कालचिनी: आज जयगाउँ एक, जयगाउँ दुई र दलसिंहपाड़ा स्तरीय २०८औँ भानु जयन्ती समारोह खोक्ला बस्तीको गोर्खा भवनमा भव्यताको साथ सम्पन्न भएको जानकारी उक्त समारोह अभ्यर्थना कमिटीको सभापति महेन्द्र छेत्री र सचिव पेमा लामाले जनाएका छन। आज मूलतः प्रमुख अतिथिको रुपमा राज्यका आदिवासी कल्याण मन्त्री बुलु चीक बढ़ाईकको उपस्थिति औ तिनको करकमलबाट दलसिंहपाड़ा स्थित पासाखा जीएसटी मोड़मा भानुभक्त आचार्यको सालिक उद्घाटन गरिएको थियो।
आजदेखि नै अबउसो उक्त क्षेत्रलाई भानुभक्त चौक तथा भानु मोड़ भनि चिनिने बताईएको छ। आज यस अवसरमा अन्य धेरै सम्वर्द्धना कार्यक्रम एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको थियो। यसै क्रममा आज हाँसीमारा मलङ्गीमा भानुभक्त एकता मञ्च द्वारा भव्यरुपमा २०८औँ भानु जयन्ती समारोह सम्पन्न भएको आयोजक कमिटीको पक्षबाट सभापति रितेश विश्वकर्मा र सचिव राजेश गुरुङले बताएका छन।










