लिटल फ्लावर निम्न माध्यमिक विद्यालयद्वारा सर सफाई आयोजित

IMG-20230410-WA0169-11-300x172-10

गान्तोक: स्वच्छ ही सेवा अभियान अन्तर्गत मंगन जिल्लामा सञ्चालित निजी विद्यालय लिटल फ्लावर निम्न माध्यमिक विद्यालयले गत १५ सेप्टेम्बरदेखि सर सफाई अभियान शुरू गरेको छ।

विशेष गरेर मंगन बजार लगायत अन्य क्षेत्रहरूमा विद्यालयले सर सफाई गर्दै आएको छ भने यस अभियानको समापन आगामी २ अक्टोबरको दिन समापन हुने भएको छ।

सो विद्यालयले सर सफाईको क्रममा जङ्गु स्टयाण्ड प्लाजा, मंगन खण्ड प्रशासनिक केन्द्र, नगर पञ्चायत भवन आदिको पनि सर सफाई गरेको जानकारी गराएको छ। यस अभियानमा विद्यालयका प्रधानाध्यापक, शिक्षकवर्ग, विद्यालय सञ्चालन समितिका सदस्यहरूले पनि सक्रियरूपमा सहभागिता जनाएका छन्।

उक्त विद्यालयले सामाजिक जिम्मेवारी अन्तर्गत यसरी सर सफाई कार्यक्रम आयोजना गरेकोमा मंगन नगर पञ्चायतले धन्यवाद दिँदै आभार प्रकट गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement