केन्द्र राज्यमन्त्रीले जनाए पाकिममा आयोजित कार्यक्रममा सहभागिता

n54149646416957542440936d50ead472c70e699f27685e549768e1443f1897bf583764cdec0fa94383ba4d.jpg

गान्तोक: तीन दिवसीय सिक्किम भ्रमणमा आएका केन्द्रीय राज्यमन्त्री राव इन्दरजीत सिंह पाकिम जिल्लामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आतिथि सत्कारको लागि प्रशासन र सिक्किमका जनताप्रति खुशी र कृतज्ञता व्यक्त गरे। यो राज्यमा आफ्नो दोस्रो भ्रमण रहेको बताउँदै उनले सिक्किमेवासीहरूको अनुशासन र नम्रताको प्रशंसा गरे। उनले युवा अधिकारीहरूले युवाको पर्याप्त उपयोग गर्न र स्पष्ट परिणामका लागि लक्ष्य निर्धारण गर्न सक्रिय र दूरदर्शिता अप्नाउनु पर्ने सुझाउ दिए। उनले आजको कार्यले आगामी दिनमा परिणाम ल्याउन सक्ने सम्भावना व्यक्त गरे।उनले शोषणविना अनौपचारिक माध्यमबाट पर्यटन क्षेत्रलाई अनौठो ढंगले विस्तार गर्नुपर्ने विषयमाथि जोड दिए। केन्द्रीय राज्य मन्त्रीले राज्यमा कम अपराध दरको पनि प्रशंसा गरे, जसले पर्यटकहरूलाई अझ आकर्षित गराउन सक्ने जानकारी गराए।भारतको समृद्ध इतिहासको बारेमा बोल्दै उनले बेलायतका प्रधानमन्त्री ऋषि सुनकको उल्लेख गर्दै एक समयको उत्पीडितले आफूमाथि शासन गर्ने राष्ट्रलाई जितेर नेतृत्व गर्न सक्यो भने जे पनि हुन सक्ने सम्भव बताए।

यसै क्रममा पाकिम जिल्लाका जिल्लापाल टाशी छोपेलले जिल्लाको विस्तृत रिपोर्ट प्रस्तुत गर्दै राज्यले अहिलेसम्म हासिल गरेको विभिन्न उपलब्धिहरू र केन्द्र प्रायोजित योजना अन्तर्गत सञ्चालन भिरहेको परियोजना जस्तै प्रधान मन्त्री कृषि सञ्चय योजना, प्रधान मन्त्री जन आरोग्य योजना, प्रधान मन्त्री ग्राम सडक योजना, राष्ट्रिय समाजवादी आदिको उदाहरण दिए। उनले समान राज्य योजनाहरू, विशेष गरी राष्ट्रिय ग्रामीण जीविका मिशन अन्तर्गत राज्य ग्रामीण जीविकोपार्जन मिशनसँग समानान्तर बनाएमा विभिन्न स्व-सहायता समूहहरू र स्टार्ट-अपहरू मार्फत ग्रामीण जनता र समुदायहरूको जीवनमा सुधार भएको अवगत गराए। यसरी नै पाकिम जिल्लाका अतिरिक्त जिल्लापाल सन्नी खरेलले आकांक्षा जिल्ला कार्यक्रमबारे प्रस्तुति दिए। सोरेङ पूर्व पश्चिम जिल्लाबाट विभाजन भएपछि २०२२ मा जिल्लाकोरूपमा मान्यता पाएको बताए। उनले विभिन्न लक्ष्य र उद्देश्यका साथै जिल्लाले सामना गर्नुपरेका चुनौतीहरू विशेष गरी जनशक्ति र इन्टरनेट जडानको अभावका बारेमा केन्द्रीय मन्त्रीलाई अवगत गराए। उनले धेरै योजनाहरु पाइपलाइनमा रहेको र शीघ्र कार्यान्वयन गरिने बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *