सोरेङ विद्यालयमा भण्डारीको ८३औं जन्म जयन्ती आजदेखि शुरू

n541511364169575415132480a8294e79ed11135bfb62af084d258d60719b703716f49c6fe72f75a2f23156.jpg

सोरेङ: पूर्व मुख्यमन्त्री नर बहादुर भण्डारीको ८३औं जन्म जयन्ती आजदेखि सोरेङ जिल्लामा पालन शुरू गरियो। सोरेङ उच्चत्तर माध्यमिक विद्यालयको प्रेक्षागृहमा आयोजित कार्यक्रममा मुख्य अतिथिकोरूपमा सोरेङ च्याखुङ निर्वाचन क्षेत्रका विधायक अदित्य गोले रहेका थिए।

उनीसँग मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी शर्मा लगायत अन्यहरू पनि सामेल रहेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि गोलेले भण्डारी जयन्ती समारोहको एक अंशकोरूपमा कार्यक्रम आयोजना गरेकोमा आयोजक समितिलाई हार्दिक धन्यवाद दिए। उनले यस उत्सवमा सहभागी हुने सबैलाई बधाई साथै शुभकामना पनि दिए।

सोही क्रममा सीपी शर्माले आफ्नो प्रारम्भिक टिप्पणीमा ८३औँ नरबहादुर भण्डारी जयन्ती समारोहको उद्घाटन दिनका अतिथि तथा उपस्थित सबैलाई स्वागत गर्दै उक्त दिवसको महत्व र विगतमा भण्डारीले राज्यको हितमा पुऱ्याएको योगदानका बारेमा कार्यक्रममा जानकारी गराए। यस कार्यक्रममा सरकारी संस्कृतिक महाविद्यालय र सरकारी विज्ञान महाविद्यालयबीच तर्क प्रतियोगिता पनि आयोजना गरियो।

यस कार्यक्रमको मुख्य विषय वर्तमान परिवेषमा सामाजिक सञ्जाल, युवा पीढिमा घातक बन्दै छ, छैन् भन्नेबारेमा तर्क आयोजना गरिएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *