राज्यपाल ठाकुरबारी मन्दिरमा चलिरहेको राधा अष्टमी महोत्सवमा सहभागी बने

n54151136216957539857892bec93c7cfca1645bd1ff16d3f4b11f6aa7ae1ac2b9cd0294dd694c2de199ef8.jpg

गान्तोक: राज्यपाल लक्ष्मण प्रसाद आचार्यले आज राजधानीको ठाकुरबारी मन्दिरमा चलिरहेको राधा अष्टमी महोत्सवमा भाग लिए। महोत्सवको आयोजन विश्व मानव कल्याण ट्रस्टले गरेको हो।

पूज्य सन्त श्री ज्योति स्वरूप जी महाराजको नेतृत्वमा श्रीमद्भागवत कथा ज्ञान यज्ञ (राधा अष्टमी) २३ सेप्टेम्बरदेखि राजधानीमा आरम्भ भएको हो। यस अवसरमा राज्यपालले सिक्किमका मानिसहरूको सुख एवं समृद्धिको कामना गर्दै भक्तहरूका साथमा प्रार्थनामा सामेल भए।

राज्यपालले मन्दिर परिसरस्थित शनि मन्दिरमा पनि पूजा-अर्चना गरे। सभालाई सम्बोधित गर्दै राज्यपालले यस्ता आयोजनहरूमा भागीदारी केवल पुण्य संचयको माध्यमद्वारा मात्र सम्भव रहेको बताए, जसको निम्ति भगवानको आशीर्वादको आवश्यकता पर्दछ। उनले भगवत गीताको महत्वमाथि पनि प्रकाश पारे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement