गान्तोक: भारतीय जनता पार्टी (भाजपा) को सिक्किम प्रदेश अध्यक्ष डीआर थापाले आज नयॉं दिल्लीको भाजपा मुख्यालयमा भाजपा राष्ट्रिय महासचिव (संगठन) बीएल सन्तोषसॅंग भेट गरे।
यस भेट अवधि तृणमूलस्तरसम्म पार्टीको सुदृढिकरण, भावि कार्यक्रम तथा अन्य विषयहरूमाथि चर्चा भएको जानकारी प्रेस विज्ञप्तिमा दिइएको छ।
प्रदेश अध्यक्ष थापाले महासचिवसॅंग आगामी आम चुनाउको रणनीतिको बारेमा पनि चर्चा गरे। महासचिव सन्तोषले थापाको कुरा धैर्यपूर्वक सुनेपछि राज्यमा पार्टीलाई बलियो बनाउन दिल्लीको तर्फबाट आवश्यक समर्थन र सहयोग प्रदान गर्ने आश्वासन दिए।










