सिक्किमका पत्रकारहरूले गरे गोवाको मोरमुगाउॅं बन्दरगाहको अवलोकन

n541496474169575332268425cfef5839589abab04d689faf70c51a9187d47a2c1ff9dbed3d2a3f2d0948a7.jpg

गोवा: देशको अर्थतन्त्रको विकासमा बन्दरगाहको महत्त्वपूर्ण भूमिका रहेको देशकै पुरानो बन्दरगाह मोरमुगाउँका वरिष्ठ सहायक यातायात प्रबन्धक प्रेमानन्द जी. धुमसकरले बताएका छन्।

पत्र सूचना कार्यालय, गान्तोकको अगुवाइमा गोवा भ्रमणमा रहेका सिक्किमेली पत्रकारहरूसँग कुराकानी गर्दै धुमसकरले भने, दक्षिण गोवाको मोरमुगाउँ बन्दरगाह देशकै पुराना बन्दरगाहहरूमध्ये एक हो। यो बन्दरगाहको स्थापना सन् १८८५ मा भएको हो र यो बन्दरगाहबाट विशेष गरेर खनिज पदार्थ देशबाहिर निर्यात गर्ने गरिन्छ।

तर, २०१२ मा सर्वोच्च न्यायालयले खनिज पदार्थको खनन कार्यमाथि रोक लगाएपछि यो बन्दरगाहले केही नोक्सानी खप्नुपऱ्यो। तर अहिले पुनः यो बन्दरगाह आफ्नो पुरानो स्वरूपमा फर्किएको छ। अहिले यो बन्दरगाहबाट विशेष गरेर विभिन्न देशहरूमा स्टिल निर्यात हुँदैछ भने अदानी समूहले आयात गरिरहेको छ- धुमसकरले भने।

उनले अझ बताएअनुसार, स्टिलसँगै गोवामा उत्पादित हुने माछा, काजु र औषधि निर्यात कार्य पनि अहिले चलिरहेको छ। भविष्यमा यो बन्दरगाहलाई अझ विकास गर्ने सरकारको योजना रहेको रहेको छ।

यसैगरी बन्दरगाहका सूचना अधिकारी भेङ्कटेश कोलारले पत्रकारहरूसँग कुराकानी गर्दै भने, यो बन्दरगाहले गोवाको अर्थनीतिमा ठूलो प्रभाव पारेको छ। सामानको आयात-निर्यातसँगै गोवाको पर्यटन विकासमा पनि यो बन्दरगाहको ठूलो भूमिका रहेको छ। यो बन्दरगाहमा आधुनिक तक्निकीहरूको जड़ान गरिएको छ भने भविष्यमा देशकै एउटा अग्रणी बन्दरगाहको रूपमा विकसित गर्ने सरकारको योजना रहेको छ। मध्यपूर्व र दक्षिण अफ्रिकासँग आयात-निर्यातको क्षेत्रमा अझ काम गर्ने दिशामा सरकारको योजना रहेको छ।

देशको सुरक्षाको निम्ति पनि भारतीय नौसेनालाई यो बन्दरगाह प्रयोगमा दिइएको उनले जानकारी दिए। यस अवसरमा बन्दरगाहका अधिकारीहरूले सिक्किमेली पत्रकार टोलीलाई अरब सागरमा नौका विहार पनि गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement