एसडीएफ पार्टीमाथि २५ वर्ष जनताको अटूट विश्वासको आधार नै हाम्रा कामहरु हुन्ः डीबी थापा

n54147828416957531748270972977fd04270c59b2b034feac02f03e4ee43ea37fd2e45bae86802f695e173.jpg

गान्तोक: एसडीएफ पार्टी एक जनजिम्मेवार पार्टी हो। एसडीएफ पार्टी एक अनुभवी, सिक्किमवादी सिद्धान्त भएका अब्बल नेता पवन चामलिङका नेतृत्वमा रहेको राज्यकै लोकप्रिय अनि जनप्रिय पार्टी हो।

उक्त मन्तव्य एसडीएफ पार्टीका वरिष्ठ उपाध्यक्ष एवम् पूर्व मन्त्री डीबी थापाले छुजाचेन समष्टिमा सम्पन्न एसडीएफ पार्टीको समष्टिस्तरीय सभाको अध्यक्षीय सम्बोधनमा व्यक्त गरेका हुन्।

उनले अघि भने, हाम्रो पार्टीको सिद्धान्त भनेको राष्ट्रवादको रक्षा गर्दै क्षेत्रवादलाई माया गर्ने नीति हो। हाम्रो पार्टीको क्रान्तिका आधार भनेको सिक्किमका गरीब जनताको उत्थान र विकास गर्दै, जनतालाई स्वनिर्भर बनाउँदै सिक्किमलाई प्राप्त विशेष संवैधानिक अधिकारहरूको सुरक्षा गर्नु हो।

सभालाई सम्बोधन गर्दै थापाले भने, एसडीएफ पार्टीमाथि २५ वर्ष जनताको अटूट विश्वासको आधार नै हाम्रा कामहरु हुन्। लगातार जनमतद्वारा सरकार बनाउने जनविश्वास पाउनु भनेको हाम्रो इमानदार जनसेवा र अनुपम योजना र कार्यक्रमका परिणाम हुन्।

सिक्किम बचाऔँ अभियानलाई निरन्तरता दिँदै आज गान्तोक र पाक्योङ जिल्लाको संयुक्त तत्त्वावधानमा एसडीएफ पार्टीको क्षेत्रस्तरीय सभा छुजाचेन समष्टिमा सम्पन्न सभामा पार्टीमा सामेल भएका नयाँ सदस्यागण रुद्र नरसिंह शाक्य, डा. पी.एम. प्रधान र पद्मा सुब्बाले पनि वक्तव्य राखेको जानकारी एसडीएफले प्रेस विज्ञप्तिमा दिएको छ।

यसरी नै एसडीएफ पार्टीका पाक्योङ जिल्ला अध्यक्ष अशोक बागदास, महासचिव शरद खड्का, चेली मोर्चा उपाध्यक्ष सकुन गुरुङ, वरिष्ठ उपाध्यक्ष मनिता मङ्गरले पनि सभालाई सम्बोधन गर्दै पार्टीको नीति-सिद्धान्त र पवन चामलिङको जनमुखी विचार दर्शन जनतालाई प्रकाश पारेको बताइएको छ।

यस अतिरिक्त सभामा पार्टीले दिइएको नयाँ कार्यभारको कार्यालय आदेश-पत्र पार्टी पदाधिकारीहरूलाई सभा अध्यक्षका बाहुलीबाट पनि प्रदान गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement