ग्लोवल वार्मिङको कारण हिमालय क्षेत्रमा पैह्रोको खतरा बड़दैछः एनसीपीओआर

IMG-20230927-WA0002.jpg

गोवा: वैश्विक उत्तापको कारण सिक्किम, अरुणाचल प्रदेश लगायत हिमालय क्षेत्रमा पैह्रोका घटनाहरू अधिक मात्रामा हुन थालेको राष्ट्रिय ध्रुवीय एवं समुद्री अनुसन्धान केन्द्रका वैज्ञानिक (ई) डा. अविनाश कुमारले बताएका छन्। पत्र सूचना कार्यालय (पीआईबी), गान्तोकको नेतृत्वमा हाल गोवाको भ्रमणमा रहेका सिक्किमका पत्रकारहरूलाई सम्बोधन गर्दै उनले यस प्रकारको मन्तव्य दिएका हुन्। यस अवसरमा गोवाको दक्षिणी शहर भास्को दा गामास्थित राष्ट्रिय ध्रुवीय एवं समुद्री अनुसन्धान केन्द्रको मुख्यालयका निर्देशक डा. ताम्बान मेलतले परिचयात्मक विचार राख्दै अनुसन्धान केन्द्रको स्थापना र औचित्यमाथि जानकारी दिए। यस अवसरमा विशेष गरेर आर्टिक र अन्टार्टिकाको अध्ययन गर्ने देशकै अग्रणी संस्थान राष्ट्रिय ध्रुवीय एवं समुद्री अनुसन्धान केन्द्रका वैज्ञानिक कुमारले बताएअनुसार आर्टिक र अन्टार्टिकाका दुईवटै ध्रुवमा गर्मी बढ़ेको कारण अहिले वैश्विक उत्ताप पनि बढ़ेर गएको अनि विगत एक दशकमा एक डिग्रीभन्दा अधिक तापमानमा वृद्धि भएको कारण बेमौसमी वर्षा हुने गरेको र पर्यावरणमा यसले व्यापक असर गरिरहेको छ। सोही कारण सिक्किम, अरुणाचल प्रदेश लगायत हिमालय क्षेत्रमा व्यापक मात्रामा पैह्रोका घटनाहरू बढ़्न थालेको उनले जानकारी दिए। यसैगरी भौतिक विकासको क्रममा व्यापक रूपमा अन्धाधुन्ध रूख काट्नुले पनि पैह्रोका घटनाहरू बढ़्न थालेको उनले बताए।

यसैगरी अर्का वैज्ञानिक डा. रोहित श्रीवास्तवले आर्टिक क्षेत्रमा भारतको उपस्थितिको महत्त्व र औचित्यमाथि प्रकाश पारे। अर्का वैज्ञानिक डा. पारिजात रोयले सागरीय क्षेत्रमा

खनिज पदार्थको खोज आशाअनुरूप नभएको जनाउँदै यस दिशामा सक्रियताका साथ काम गर्ने पहल भइरहेको जानकारी गराए। सागरीय क्षेत्रमा व्यापक मात्रामा खनिज पदार्थ रहेको जनाउँदै यसको सदुपयोग गरिँदा देशलाई धेरै फाइदा पुग्ने उनको धारणा रहेको छ। भूविज्ञानी डा. सुनील भीले भूविज्ञानमार्फत सागरीय क्षेत्रको आर्थिक हैसियत बढ़ाउने दिशामा अध्ययन सञ्चालन भइरहेको जानकारी दिए। अर्का वैज्ञानिक डा. अजीत कुमारले सामुद्रिक सम्पदाको प्रयोगले मत्स्य अर्थनीतिको माध्यमद्वारा देशको अर्थव्यवस्थालाई विकास गर्न सकिने सम्भावनामाथि आफ्नो धारणा राखे। यस अवसरमा पीआईबी गान्तोकका अधिकारी र सिक्किमका पत्रकारहरूको टोलीलाई अरब सागरको काखमा अवस्थित केन्द्रको प्रयोगशालाको अवलोकन लगाइयो। प्रयोगशालामा सागरको पानीको अध्ययनसित सम्बन्धित विभिन्न विषयमा जानकारी गराइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement