गान्तोक: केन्द्रीय राज्य मन्त्री सांख्यिकी, कार्यक्रम कार्यान्वयन मन्त्रालय योजना र कर्पोरेट मामिला राव इन्दरजीत सिंह आज सिक्किम भ्रमणको निम्ति पाकिम जिल्ला आइपुगे। यस अवसरमा उनलाई स्वागत जनाउनको निम्ति विधायक डीआर थापा, डेसमी विभागका डीजी एवम सचिव नोर्जिङ छिरिङ, पाकिम जिल्लाका जिल्लापाल टाशी छोपेल लगायत अन्य अधिकाहरू पाकिम हवाइ अड्डामा पुगेका थिए। तीन दिवसीय सिक्किम भ्रमणको निम्ति आएका केन्द्रीय राज्य मन्त्रीले राज्यको विभिन्न स्थानको भ्रमण गर्नको साथै केन्द्र सरकारद्वारा शुरू गरिएको योजना कार्यान्वय भएको छ की छैन् भन्नेबारे जानकारी लिने भएका छन्।