थोइलिङ प्राथमिक विद्यालयमा १५४औं गान्धी जयन्ती कार्यक्रम शुरू

IMG-20230926-WA0290.jpg

गान्तोक: सोरेङ जिल्ला अन्तर्गत थोङलिङ प्राथमिक विद्यालय अनि धर्म सुदर्शन क्लब (डीएससी) को संयुक्त तत्वावधानमा आयोजना १५४औँ गान्धी जयन्ती समारोह आजदेखि आरम्भ भएको छ। १५४औँ गान्धी जयन्ती समारोहका पहिलो दिनको कार्यक्रममा स्टेट व्याङ्क अफ सिक्किमका अध्यक्ष डीबी गुरुङ प्रमुख अतिथिका रुपमा उपस्थिति थिए। १५४औँ गान्धी जयन्ती समारोहमा प्रमुख आकर्षण पुरुषहरुको खुल्ला फुटसल प्रतियोगिता, हाजिरी जवाफ, तर्क र नृत्य प्रतियोगितासँगै अन्य विभिन्न खेलहरु सामेल रहेको छ। यस प्रतियोगितामा कूल १० वटा विद्यालयले भाग लिएका छन्। खुल्ला पुरुष फुटसल प्रतियोगितामा मोठ २६ वटा टोलीले अंशग्रहण गरेको छ भने खुल्ला पुरुष फुटसल प्रतियोगिताका विजेता र उपविजेता दललाई क्रमशः ८० हजार र ६० हजार रुपियाँसहित आकर्षक ट्रफी प्रदान गरिने आयोजक समितिले जानकारी गराएको छ। यस कार्यक्रममा खेलकुद साथै विभिन्न साँस्कृतिकसँगै स्वच्छ भारत स्वच्छता ही सेवा अन्तर्गत १५ सितम्बर देखि २ अक्टूबर २०२३ सम्म फोहोर मुक्त भारत अभियानलाई मुख्य विन्दुमा राखिएको छ। खुल्ला पुरुष फुटसल प्रतियोगिताको पहिलो दिनमा पाँचवटा खेल खेलाइएको थियो, थर्फु एफसी, बुढियाखोप ब्रदर्स,छोटा साम्डोङ, खालिङ बोइसले प्रतिद्वन्दीलाई परास्त गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गुरुङले गान्धीको जीवनबाट प्रेरणा लिनुपर्ने अनि राष्ट्रपिता बापुको सिधान्तालाई अनुसरण गर्नुपर्ने आह्वान गरे। अर्कोतिर मुख्य अतिथि गुरुङले गाउँ समाजलाई ड्रग्स मुक्त राख्न संघ-संस्थाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने सुझाउ दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement