मुख्यमन्त्रीले उत्तर जिल्ला भ्रमणको दोस्रो दिन लाचेनका जनतासँग भेट गरे

IMG-20230926-WA0291.jpg

गान्तोक: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको उत्तर सिक्किम भ्रमणको आज दोस्रो दिन लाचेनका जनतासंग भेट गर्दै उनीहरूको गुनासो साथै समस्याबारे जानकारी लिए। आज भ्रमणको दोस्रो दिनको प्रारम्भिक चरणमा उनले नेडुप छोइलिङ गुम्बाको भ्रमण गरे। भ्रमणको क्रममा मन्त्री सोनाम लामा, एमएन शेर्पा, भीमहाङ लिम्बू, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ लगायत अन्यहरू पनि सामेल रहेका थिए। गुम्बाको भ्रमणपछि मुख्यमन्त्रीले राज्यका जनताको सुख, शान्ति र समृद्धिका लागि पूजा अर्चना गरे। यसपछि उनले लाचेन जुम्सा प्रेक्षागृहबाट थाङ्गुमा निर्माण हुने छोइलुङ ट्रूलसुम कम्पलेक्सको भर्चउलरूपमा शिलान्यास गरे। उक्त कम्पलेक्समा ध्यान केन्द्र, ओपन एयर थिएटर, गोल्फ कार्ट स्टेसन लगायत अन्य सुविधा रहनेछ। यो कम्प्लेक्सको निर्माण कार्य पुरा भएपछि पर्यटनहरुको निम्ति यो थप आकर्षणको केन्द्र बन्ने पनि मुख्यमन्त्री तामाङले बताए। सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकार गठनपछि उत्तर जिल्लामा धेरै विकासको कामहरू भएको पनि उनले दावी गरे। यस क्षेत्रको सडकहरुको सुधार गर्न अनि शिक्षित युवाहरुलाई सरकारी नौकरी अनि व्यवसायको क्षेत्रमा अघि बढ्न चाहने युवाहरुलाई पनि सरकारले सहयोग दिने काम गरिरहेको मुख्यमन्त्री तामाङले बताए।

केन्द्र सरकारसँगको सहकार्यमा क्षेत्रको विकासको निम्ति लामो समयदेखिको जमीनको मालिकाना हक दिलाउन राज्य सरकारले शुरू गरेको पहलबारे पनि अवगत गराए। यस अवसरमा मुख्यमन्त्रीले लाचेनका ३ सय भन्दा अधिक जनतासँग प्रत्यक्षरूपमा भेट गरी उनीहरूको गुनासो सुन्ने काम काम गरे। जनतासँग भेट गर्दै उनले पीपन अनि वृद्ध वृद्धाहरुलाई पनि भेट गरे। उनले जनताको गुनासो सुनेर यसलाई शीघ्र समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे। यसरी नै विभिन्न जनताको मागलाई पनि उनले चाँडै पूरा गर्ने विश्वस्त गराए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *