कालेबुङ: विगत दुई दिनदेखि राष्ट्रिय राजमार्ग १० बन्द बनेपछि स्थानीयहरु बैकल्पिक मार्गको माध्यमबाट आवतजावत गर्दै गरेछ।तर पनि ठुला वाहनका चालकहरु बने हरिबिजोक बनेका छन ।उनीहरु बाटो खोल्नेको प्रतिक्षामा बस्दा बस्दै खानु न पिउनु भएका छन। आज यसैलाई केन्द्रित गर्दै कालेबुङ चालक महासघको एक प्रतिनिधि टोली हाइवे दश पुगी पहिरोमा फँसेर बसेका चालकहरुसग भलाकुसारी सगै खानेकुराहरु वितरण गरेका छन्।

महासघका अध्यक्ष महेन्द्र गुरुङको नेतृत्वमा गएको टोलीमा महासचिव वाङदी तामाङ सहसचिव प्रमुख रूपमा थिए। उनीहरुले चालकहरुलाई धैर्यता बनाउने अनुरोध उनीहरूले गरेका छन।