कालचिनी: डुवर्सको सुदुर पूर्व कुमारग्राम खण्डको न्यूल्याण्ड्स चियाबारीमा आज कुमारग्राम गोर्खा समाजको तत्वावधानमा २०८औँ भानु जयन्ती समारोह भव्यरुपमा सम्पन्न भएको जानकारी आयोजक कमिटीको पक्षबाट सभापति सुरज विश्वकर्मा र सचिव अलताप लामाले दिएका छन। आज यस अवसरमा डुवर्स नेपाली साहित्य विकास समितिको कार्यकारी अध्यक्ष तथा कथाकार, कवि अबीर खालिङ मुख्य अतिथिको रुपमा उपस्थित रहेको थियो भने अन्यान्य विशिष्ट अतिथिहरुमा क्रमैले कुमारग्राम पञ्तायत समितिको सभापति मञ्जिला लामा, जिल्ला परिषद कर्माध्याक्ष जुली लामा, कालचिनीबाट समाजसेवी पासाङ लामा, वयोवृद्ध साहित्यकार आसबहादुर सुब्बा, स्थानीय समाजसेवी प्रताप लामा, न्यूल्याण्ड्स चियाबारीका समाजसेवी प्रकास चीक बढ़ाईक लगायत धेरै संख्यामा विभिन्न ठाउँहरुबाट अतिथिहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा कुमारग्राम गोर्खा समाजको आयोजनामा विहान भानु जयन्तीको शोभायात्रा सम्पन्न गरिएपछि मणिपुर भूस्खलनमा शहीद सेनाका जवानहरुलाई श्रद्धाञ्जली अर्पण गरिएको थियो।

कार्यक्रम मञ्चको उद्घाटन कुमारग्राम पञ्चायत समितिको सभापति मञ्जिला लामाले गरेकी थिईन भने कार्यक्रमको अध्यक्षता सुरज विश्वकर्माले गरेको थियो।अलताप लामाको सञ्चालनमा सम्पन्न सो कार्यक्रममा प्रथमत आयोजक कमिटीको पक्षबाट अध्यक्ष किरण छेत्रीले स्वागत भाषण राखेको थियो भने त्यस पश्चात रामायण पाठ स्थानीय ब्राह्मण पुरोहितले गरेको थियो।कार्यक्रममा भानुभक्त आचार्यको जन्म जयन्तीको औचित्यबारे अतिथि जुली लामाले वक्तव्य राखेकी थिईन भने विशिष्ट अतिथि कालचिनी समाजसेवी पासाङ लामाको बाहुलीबाट न्यूल्याण्ड्स चियाबारीमा स्थापित भानुभक्त आचार्यको सालिकको उद्घाटन गरिएको थियो। डुवर्स नेपाली साहित्य विकास समितिको कार्यकारी अध्यक्ष अबीर खालिङले आदिकवि भानुभक्त आचार्यको कृतिले देखाएको जातिय उक्तिहरुको हामीले बुझ्न पर्ने एवम् श्वोकलाई हामीले गीत बनाएर बचाउन पर्ने आवश्यकता रहेको बताएको थियो।कार्यक्रममा यसबीच कविता आवृति गर्न कालचिनीबाट पुगेकी सृजनशील समूहको सदस्य तथा कवियत्री पद्मा शर्मा आँचलले सुन्दर छन्द कविता वाचन गरेकी थिईन। कार्यक्रममा कुमारग्राम खण्डको विभिन्न क्षेत्रमा समाजसेवा गर्दै आईरहेको व्यक्तित्वहरुलाई सम्वर्द्धना प्रदान गरिएको बताउँदै विभिन्न सांस्कृतिक टोलीहरुले नृत्य प्रस्तुत गरेको र साँझ नेपाली रंगारंग कार्यक्रम हुने आयोजक कमिटीको पक्षबाट सचिव अलताप लामाले जनाएका छन।