टेट परीक्षार्थीहरूको प्रवेश शुल्क फिर्ता गर्ने र माफीको मांग गर्दै युवा शक्तिले लालकोठीलाई चढाए स्मरण पत्र

IMG-20230926-WA0270.jpg

दार्जीलिङ: टेट परीक्षार्थीहरूको प्रवेश शुल्क फिर्ता गरिनु पर्ने मांग गर्दै हाम्रो युवा शक्तिले जीटीए चिफ् अनित थापालाई स्मरण पत्र चढाएका छन्। हाम्रो युवा शक्तिको चिफ् को-अर्डिनेटर राब्गे राईले दार्जीलिङ प्रेस गिल्डमा पत्रकारहरूलाई सम्बोधन गर्दै जीटीएको मुख्यालय लालकोठीस्थित जीटीए चिफ् अनित थापाको कार्यालयमा स्मरण पत्र बुझाएको जानकारी गराएका छन्। राईले यस विषयमा भने, जीटीएको निर्वाचित सभासद विनय तामाङले गत केही महिना अघि जीटीएद्वारा आयोजित टेट परीक्षा विधानसभा चुनावलाई प्रभाव पार्न मात्र आयोजना गरिएको थियो भन्ने जस्ता गुप्त कुरा मिडिया रिपोर्टमा बताएपछि हामीले तुरून्तै जीटीए चिफ् अनित थापा समक्ष टेट परीक्षामा अंश ग्रहण गर्ने सबै परीक्षार्थीहरूको प्रवेश शुल्क फिर्ता गरिनु पर्ने मांग गर्दै समष्टि सभासदको माध्यमद्वारा ज्ञापन चढाएका थियौं। तर आज यतिका दिनहरू बितिसक्दा पनि जीटीए चिफ् अनित थापाले यसबारे कुनै पहल नगर्दा आज हामी उनी समक्ष पुनः स्मरण पत्र चढाउन बाध्य भयौं।’ उनले अघि भने, आज हामी जीटीएको मुख्यालय लालकोठी पुगेका थियौं। तर जीटीए चिफॉ अनित थापालाई उनको कार्यालयमा नभेट्दा हामीले उनको कार्यालयमा स्मरण पत्र सुम्पिएका छौं अनि स्मरण पत्रको प्रतिलिपिमा हामीले रिसिभ गराएर ल्याएका छौं।’
गत केही दिन अघि हाम्रो पार्टीको केन्द्रीय कार्यकर्ताले पश्चिम बंगाल सरकारको शिक्षा विभाग समक्ष टेट परिक्षा बारे आरटीआई दर्ता गरेका थिए अनि उक्त आरटीआईको जवाफमा विभागीय अधिकारीले टेट परीक्षा गर्ने क्षमता केवल राज्य सरकारसँग मात्र रहेको साथै जीटीएले परीक्षाको निम्ति अनुमति समेत नलिएको जानकारी गराएका छन्। राईले अझ भने, गत केही महिना अघि जीटीए चिफ् अनित थापा स्वयम्ले जीटीएद्वारा आयोजित टेट परीक्षालाई हामीले मान्य गराउने प्रयास गरेका थियौं तर अमाण्य भएर गए भन्ने जस्ता शब्दको प्रयोग गरेको थियो। जीटीए चिफ् अनित थापाको उक्त बयानले जीटीएद्वारा आयोजित टेट परीक्षा फर्जी थिएछ भन्ने प्रमाणित भएको थियो। टेट परीक्षामा अंश ग्र्रहण गरेका सबै परीक्षार्थीहरूको प्रवेश शुल्क फिर्ता गरिनु पर्ने हामीले मांग गर्दै ज्ञापन पत्र समेत चढाएका थियौं। टेट परीक्षार्थीहरूको प्रवेश शुल्क २ सय ७० रूपियाँ फिर्ता गरिनुपर्छ साथै जीटीएको तर्फबाट सार्वजनिक रूपमा माफी पनि मांगेको हुनुपर्छ।’ जीटीएसंगसंगै राज्य सरकार पनि फर्जी टेट परीक्षाको दाही हुन् भन्ने राईले आरोप लगाएका छन्। जीटीएले फर्जी टेट परीक्षा गराउँदैछ भन्ने जानकारी राज्य सरकारलाई निश्चित रूपमा याद भएको हुनुपर्छ। तर याद हुँदा हुँदै पनि राज्य सरकार किन मौन बस्यो? आजसम्म किन कार्वाही गरिएको छैन भन्दै प्रश्न तेर्साए। राज्य सरकारले यस्ता फर्जी काम गर्नेहरू विरूद्व तूरून्त कार्यवाही गरिनु पर्ने मांग पनि राब्गे राईले गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement