दशैंको मुखैमा मुण्डाकोठी चियाबारी अचल भएपछि श्रमिकहरू बिचल्नीमा

IMG-20230926-WA0259.jpg

श्रमिकहरूमा छछल्कियो पीढ़ा

सोनादा: सोनादा क्षेत्रको चियाबारी मुण्डाकोठी सोमाबरदेखि अचानक बन्द भएपछि श्रमिकहरु बिचल्नीमा परेका छन्। दशैंको मुखैमा चियाबारी अचानक अचल भएपछि चियाबारी श्रमिकहरूमा वेदना छछल्किएको छ। श्रमिकहरूमा पीढ़ा स्पष्ट देखिएको छ। आज मुण्डाकोठी चियाबारीको श्रमिकहरू भेला भएर पत्रकारहरू समक्ष आफ्नो दु:खेसो पोखेका छन्। मुण्डाकोठी चियाबारीका एकजना श्रमिक कौशिला दियालीले पत्रकारहरूसित कुराकानी गर्दै हामीलाई बिचल्नीमा पारेर प्रबन्धक पक्ष बगान छोड़ेर गएका छन् तर हामीलाई केही थाहा छैन भनी बताएकी छन्। उनले भनिन्, कसैले केही नगरी, झगड़ा पनि नगरी यसरी अचानक बगान बन्द हुँदै हाम्रो के दोष थियो र? मालिक र ब्यांकको झमेला हानीलाई याद छैन, हामीलाई नाफा -नोक्सान याद हुँदैन तर हामी लगातार रूपमा चियापत्ती टिपेर दिईरहेका छौं। हामीलाई दाउराक पैसा दिएको छैन, तिरपल छैन, टोकरीक पैसा पस्यो भन्छ कता पस्यो थाहा छैन। तर दशैंको मुखैमा यसरी बगान बन्द गर्दा हामीलाई पीर परेको छ।’
कौशिला दियालीले अघि भनिन् -‘दशैं मुखैमा छ अनि नानीहरू शहरमा पढ़दैछन् र आबो महिना मर्नु लागेकोले फि बुझाउनुपर्छ तर बगान भने बन्द भएको छ। हामी त काम गर्ने श्रमिकहरू त हौं। हामीलाई को मालिक याद छैन। फेरि यहाँ म्यानेजर बदली भईरहन्छ।’ उनले पहाड़को नेताहरूलाई इंकित गर्दै भनिन् -‘यो समय पहाड़का नेताहरूले बुझ्नुपर्छ। भोटको बेला मात्रै होइन तर यस्तो दु:ख परेको बेलामा पनि सहयोग गर्नुरपर्छ। तर यसरी दु:ख परेको बेलामा बगानामा आएर राजनीति गर्नु पाउँदैन।’
उल्लेखनीय छ लेमोन ग्रास कम्पनी प्राईव लिमिटेड कम्पनीको अधीनमा रहेको मुण्डाकोठी चियाबारीका मालिकले वाट्सएप्समार्फत् नै बगान अचल भएको नोटिस पठाएका थिए भने सोमबारदेखि मुण्डाकोठी चियाबारी बन्द अवस्थामा छ। मुण्डाकोठी चियाबारीमा हालमा श्रमिकहरू र स्टाफहरू लगाएर जम्मा ९४८ जना छन्। लेमनग्रास अर्गेनिक टी स्टेट प्राइवेट लिमिटेडद्वारा सञ्चालित यस चियाबगानको अघिल्लो कम्पनी र यूको व्याङ्कमाझ रहेको आर्थिक झमेला समस्या समाधान नभएको कारण नै यो चियाबगानलाई अचल बनाइएको बताउँदै चियाबगान प्रबन्धनपक्षले सम्बन्धित सबै निकायहरूलाई वाट्सएप्समार्फत् जानकारी गराएको थियो। यस विषय लिएर चियाबगान प्रबन्धन पक्षले चियाबगानको कारखाना वा कार्यालय परिसरमा कुनै नोटिस टाँसेको छैन। यसको नोटिस सम्बन्धित निकायहरूलाई वाट्सएप तथा अन्य माध्यमद्वारा दिएको बताइएको छ। उक्त सूचना अनुसार सोमबारदेखि यस चियाबगानमा एकैजना पनि प्रबन्धक नरहेको पनि जानकारी पाइएको छ, जसको फलस्वरूप नै यहाँको कामकाज ठप्प भएको हो। नोटिसमा भनिएको छ-एनसीएलटी (नेशनल कम्पनी ल ट्राइव्यूनल)-को निर्देशअनुसार, यूको व्याङ्कले रहेका समस्याहरूको समाधान २१ सेप्टेम्बरभित्र पूरा गरिसक्नु पर्नेथियो। तर यस व्याङ्कले उक्त निर्देशअनुसार, समस्या समाधान गर्न अस्वीकार गरिदियो। जसको कारण यस कम्पनीले यस चियाबगानबाट आफ्नो प्रबन्धन फिर्ता लिनबाहेक अन्य कुनै विकल्प रहेन भन्ने पनि नोटिसमा बताइएको छ। त्यसैअनुसार, यो चियाबगानको कामकाज सोमबारदेखि ठप्प भएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *