अदालतद्वारा इमरान खानको कारागार स्थानान्तरण गर्न आदेश जारी

00-Imran-Khan

पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई पञ्जाब प्रान्तको अटक कारागारबाट स्थानान्तरण गर्न आदेश दिएको छ। सञ्चार माध्यमको अनुसार इमरान खानलाई रावलपिण्डीस्थित ग्यारिसन शहरको अदियाला कागारामा सार्न आदेश दिइएको हो। तेहरिक ए इस्लाम पार्टीका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री खानलाई उच्च सुरक्षासहितको जेलमा राख्न माग गरिएको थियो। भ्रष्टाचारको आरोपमा इस्लामावाद अदालतले खानलाई ३ वर्षको जेल सजाय सुनाएको थियो। यसअघि इमरान खानले आफूलाई दुर्गम क्षेत्रमा रहेको निकै नै साँघुरो कारागारमा राखिएको भन्दै विरोध जनाएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement