गेम्स एण्ड स्पोट्स खरसाङ महकुमाको शिक्षकहरूका टोलीद्वारा विभागीय सभासद नवराज छेत्रीसित भेट

IMG-20230926-WA0224.jpg

खरसाङ: पश्चिम बंगाल काउन्सिल अफ् गेम्स एण्ड स्पोट्स खरसाङ महकुमाको शिक्षकहरूका टोलीले आज जीटीएको खेलकूद अनि युवा मामिला विभागको एमओडी सभासद नवराज छेत्रीसित भेटघाट गरेका छन्। खरसाङको गिध्द पहाड़स्थित जीटीएको सचिवालयमा सभासदको कार्यालयमा पुगेर उक्त टोलीले भेटघाट गरेका छन्। यस अवसरमा विभागीय सभासद नवराज छेत्रीसित विद्यार्थीहरूका लागि आयोजना गरिने विभिन्न खेलकूद कार्यक्रमहरू विषयमा चर्चा परिचर्चा गरेका छन्। विशेष गरेर खरसाङ क्षेत्रका विद्यार्थीहरूका लागि आयोजना गरिने खेलकूद कार्यक्रमहरूमा जीटीएबाट सहयोगको आशासहित विभागीय सभासदसित भेटघाट गरेका छन्। उक्त टोलीमा खरसाङ महकुमा गेम्स एण्ड स्पोट्सका सभापति सुष्मा छेत्री, सचिव मित्र छेत्री, योगेस तामाङ र मन्दिप रिजाल आदि उपस्थित रहेका थिए। उक्त भेटघाट विषयमा शिक्षकहरूका पक्षमा मन्दीप रिजालले हामीले अागामी दिनमा आयोजना गर्ने विभिन्न खेलकूद कार्यक्रमहरूमा जीटीएको पक्षबाट सहयोग होस् भनेर हामी आज खेलकूद विभागका सभासदसित भेटघाट गर्नलाई आएको बताउँदै नानीहरूले पढ़ाईको साथमा विभिन्न खेलकूदहरूमा पनि सक्रिय रूपमा सहभागिता जनाउन सकोस् भन्ने उद्देश्य छ अनि यसमा जीटीएको पनि सहयोग हामीलाई चाहिन्छ भनेर विभागीय सभासदसित भेटघाट गर्न आएको बताएका छन्। त्यसरी नै विभागीय सभासद नवराज छेत्रीले स्कूलका नानीहरूले शैक्षिक साथै खेलकूदहरूमा उन्नति गरोस् साथै सक्रिय रूपमा सहभागिता जनाउन सकोस् भनेर शिक्षक शिक्षिकाहरू मसित भेटघाट गर्न आएका थिए भनी बताएका छन्। उनले नानीहरू जिल्ला स्तरीयबाट राज्य स्तरीयमा भाग लिनलाई गईरहेको कुराले खुशी लागेको अनि नानीहरूलाई शुभकामना व्यक्त गरेका छन्। उनले आफ्नो पक्षबाट भरमग्दुर सहयोग गर्ने वचन पनि दिएका छन्। सभासद नवराज छेत्रीले खेलकूदका शिक्षक शिक्षिकाहरूसित बसेर विभिन्न खेलकूदका कार्यक्रमहरू विषयमा क्यालेणडर बनाएर आयोजना गरिने बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *