जीटीए क्षेत्रका छजना राज्य स्तरीय रेफरीमा चयन

IMG-20230926-WA0223.jpg

जीटीए स्तरीय रेफरी एसोसिएशन गठन गरिने

खरसाङ: जीटीए क्षेत्रका ६ जनाले कोलकोताबाट रेफरीको प्रशिक्षण र परीक्षा उत्तीर्ण गरेर फर्केका छन्। जीटीए क्षेत्रबाट पहिलोपल्ट १५ जना रेफरीको प्रशिक्षण र परीक्षा दिनलाई कोलकता गएका थिए अनि कोलकोतामा नै रहेर प्रशिक्षण गरेर सबै परीक्षाहरू उत्तीर्ण गरेर ६ जनाले रेफरीको मान्यता प्राप्त गरेका छन्। जीटीए क्षेत्रबाट जम्मा १५ जना गत फरवरी महिनामा नै गएका थिए भने त्यसमध्ये ६ जनाले २० वटा जति परीक्षाहरू उत्तीर्ण गरेर रेफरीको रूपमा चयन हुन सफल भएका छन्। ती छजनालाई कोलकोता रेफरी एसोसिएशनले रेफरीको रूपमा सर्टिफाइट गरेको जानकारी प्राप्त भएका छन्। छजनामा तीनधारेका प्रमोद प्रधान, तकदाहकी डोमा भोटिया, लप्चुका प्रवीण गुरुङ र सचिन थापा, रङ्लीका आभास प्रधान अनि राङभाङका रिञ्छेन शेर्पा सामेल छन्। रेफरीको रूपमा चयन भएका उक्त रेफरीका टोलीले आज खरसाङको गिध्द पहाड़स्थित जीटीएको सचिवालयमा जीटीएको खेलकूद अनि युवा मामिला विभागका एमओडी सभासद नवराज छेत्रीलाई भेट गरी आभार प्रकट गरेका छन्। उक्त टोलीले रेफरीको प्रशिक्षणको अवसर प्रदान गरेकोमा जीटीए चिफ् अनित थापा, जीटीएको खेलकूद अनि युवा मामिला विभागका एमओडी सभासद नवराज छेत्री, खरसाङ फुटबल एसोसिएशनलाई धन्यवाद दिएका छन्। यस अवसरमा जीटीएको खेलकूद अनि युवा मामिला विभागका एमओडी सभासद नवराज छेत्रीले आज जीटीएको गिध्द पहाड़स्थित सचिवालयमा राज्य स्तरीय रेफरीमा चयन भएका टोलीले मसित भेटघाट गरेका छन् भनी बताउँदै उनीहरूले यो अवसरको लागि जीटीएलाई धन्यवाद दिएका छन्। उनले बताए अनुसार रेफरीहरूलाई लिएर सभा बसिएको छ अनि जीटीए स्तरीय रेफरी एसोसिएशन गठन गरिने छ र यसको लागि पहल शुरु भएको छ। किनभने पहाड़मा हामीले फुटबल आयोजना गर्ने गर्छौं तर रेफरीहरू बाहिरबाट ल्याउनु पर्ने बाध्यता थियो। यसै कुरालाई ध्यानमा राखेर खरसाङ फुटबल एसोसिएशन र जीटीएको प्रयासमा रेफरीमा प्रशिक्षण लिएर राज्य स्तरीय रेफरीमा चयन भएका छन्। अब जीटीए स्तरीय रेफरी एसोसिएशन गठन गरिने बताएका छन्। यस जीटीए स्तरीय रेफरी एसोसिएशनको पञ्जीकरण गरेर अघि लाने अनि अागामी शीतकालीन बिदामा जीटीए स्तरीय शीतकालीन रेफरी प्रशिक्षण शिविरको आयोजना गरिने पनि बताएका छन्। त्यसरी नै रेफरी एसोसिएशनको पक्षमा संयोजक सञ्जय थापा, प्रमोद प्रधान र अन्यले विस्तृत रूपमा बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *