सिमुलबारी गोल्ड कपः परिमलनगरको रोमाञ्चक जीत

IMG-20230926-WA0220.jpg

२६ सेप्टेम्बरः सिमुलबारी स्पोर्टिंग क्लबको तत्त्वावधानमा आयोजित सिमुलबारी गोल्ड कप फूटबल टुर्नामेण्टको चौथो सीजनमा परिमलनगरले रोमाञ्चक जीतको साथ प्री-क्वार्टर फाइनलमा स्थान बनायो। मंगलवार सिमुलबारी खेल मैदानमा भएको म्याचमा परिमलनगरले दलसिंगपाड़ा स्पोर्टस एकाडमी (डीएसए)-लाई १-०-ले पराजित गऱ्यो।

विजेता टीमबाट एकमात्र गोल विदेशी खेलाड़ी मूसाले गरे, जसलाई प्लेयर अव् द म्याच चयन गरियो। अब बुधवार खेलिने प्री-क्वार्टर फाइनल चरणको पहिलो म्याचमा कालेबुङ पुलिस र सोनापुर आदिवासी क्लबबीच भिड़न्त हुनेछ। यस प्रतिष्ठित टुर्नामेण्टमा नामी-दामी २० वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल क्रमशः ६ र ७ अक्टोबरमा खेलिनेछ। यसरी फाइनल १० अक्टोबरमा हुनेछ।

सिमुलबारी गोल्ड कप फूटबल टुर्नामेण्टको चौथो सीजनमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement