मणिपुरमा दुई विद्यार्थीको हत्याको तस्वीर भाइरल, सीबीआईलाई छानबिन गर्न आदेश

00-1-Rashtriya-Samachar-22

मणिपुर: राज्यमा विगत चार महिनादेखि जातीय हिंसा जारी छ। केन्द्रले सुरक्षा बलको धेरै टोली तैनाथ गरेको छ र हिंसा रोक्न प्रयास गरिरहेको छ। करिब १४३ दिनपछि शनिबार राज्यमा इन्टरनेट सेवा पूर्णरुपमा सुचारु भएको छ। त्यसपछि सामाजिक संजालमा दुई विद्यार्थीको शवको तस्वीर भाइरल भएको छ। दुवै विद्यार्थी जुलाई महिनादेखि बेपत्ता भएको बताइएको छ। दुवै मेइती समुदायका थिए। मणिपुर सरकारले तस्वीरको अनुसन्धान सीबीआईलाई सुम्पेको छ।

भाइरल तस्वीरमा दुवै शव २० वर्षीय फिजाम हेमजीत र १७ वर्षीया हिजाम लिन्थोइङ्गाम्बीको रूपमा पहिचान गरिएको छ। उनीहरुको मृत्युअघिको एउटा तस्वीर पनि सार्वजनिक भएको छ, जसमा उनीहरु दुवैजना हतियारधारी मानिसहरुसँग घाँसे मैदानमा बसेको देखिन्छ। हेमजीतले कालो हुडीमा ब्राउन चेक गरिएको शर्ट लगाएको देखिन्छ, जबकि हिजामले सेतो टी-सर्ट लगाएका छन्। भाइरल तस्वीरमा दुवैको शव एउटै ठाउँमा देखिएको छ। तस्वीर भाइरल भएपछि मुख्यमन्त्री एन वीरेन सिंहको कार्यालयबाट विज्ञप्ति जारी गरी घटनाको अनुसन्धान सीबीआईलाई सुम्पिएका छन्। मुख्यमन्त्री वीरेनले विद्यार्थी बेपत्ताको अवस्था पत्ता लगाउन र हत्याका दोषी पत्ता लगाउन सीबीआईले अनुसन्धान थालेको बताए। यससँगै सुरक्षाकर्मीले अपराधीलाई पक्राउ गर्न खोजी अभियान पनि थालेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement