सड़क दुर्घटनामा पशु चिकित्सकको मृत्यु

IMG-20230528-WA0320-5-300x172-8

कुचबिहारः सड़क दुर्घटनामा एक पशु चिकित्सकको मृत्यु भएको छ। घटना मेखलीगञ्ज ब्लकको रानीरहाट बजारको शनिमन्दिर क्षेत्रमा हिजो राति घटेको हो। मृतक पशु चिकित्सकको नाम दीनबन्धु राय (२८) बताइएको छ।

प्राप्त जानकारी अनुसार, सोमवार दीनबन्धु बाइकमा रानीरहाट बजारदेखि घर फर्किरहेका थिए। तब विपरीत दिशाबाट आइरहेको एउटा टोटोले उनको बाइकलाई हिर्कायो, जसबाट उनी गम्भीर रूपमा घाइते भए। गम्भीर अवस्थामा घाइते चिकित्सकलाई स्थानीय मानिसहरूले जलपाइगढ़ी सुपर स्पेशलिटी अस्पताल लगे, जहाँ चिकित्सकहरूले उनलाई मृत घोषित गरे। यस घटनापछि टोटो चालक भागेको छ। पुलिसले शवलाई पोस्टमार्टमको निम्ति पठाएर अघिको कारबाही शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement