विश्व भारतीका कुलपतिले मुख्यमन्त्रीलाई पत्र लेखेर बाटो फर्काइदिन माग

IMG-20230410-WA0169-11-300x172-11

कोलकाताः गुरुदेव रवीन्द्रनाथ टेगोरद्वारा स्थापित विश्व भारती विश्वविद्यालय र शान्तिनिकेतनलाई हालैमा यूनेस्कोले विश्व धरोहरको सूचीमा सामेल गरेको छ। यसमा मुख्यमन्त्रीले खुशी व्यक्त गरेकी थिइन्। सत्तारूढ़ पार्टी तृणमूल कांग्रेसले पनि यस विषयलाई लिएर ऱ्याली निकालेको थियो।

विश्व भारतीका कुलपतिले यस विषयलाई अब हतियार बनाएका छन्। उनले मुख्यमन्त्री ममता ब्यानर्जीलाई पत्र लेखेर विश्वविद्यालयको बाटो पुनः विश्वविद्यालयलाई फिर्ता गर्न माग गरेका छन्। उनले विश्वविद्यालयको उपासना गृहदेखि कालीसेर जंक्शनसम्म सडक फर्काइदिन माग गरेका छन्। शान्तिनिकेतनलाई हालैमा यूनेस्कोले विश्व विरासत स्थलको रूपमा मान्यता दिएको छ। कुलपति विद्युत चक्रवर्तीले मुख्यमन्त्रीलाई पत्र लेखेर उक्त उपाधिलाई कायम राख्नको निम्ति राज्यको पथ निर्माण अधीनस्थ उक्त सडक विश्वविद्यालयलाई सुम्पिन माग गरेका छन्।

२०१७ मा विश्व भारतीका तत्कालीन कार्यवाहक कुलपति स्वपन दत्ताले राज्य सरकारलाई आवेदन गरेर शान्तिनिकेतनदेखि श्रीनिकेतनलाई विश्व भारतीसॅंग जोड्ने लगभग तीन किलोमिटर बाटोको देखरेख सुम्पेको थियो। अमर्त्य सेन, क्षितिमोहन सेन, नंदलाल बोस, गौरी भंज, शान्तिदेव घोष आदिका आवासहरू यसै सड़कमा छन्। विश्व भारतीले अब यूनेस्कोको मान्यतालाई उपयोग गर्दै सडक पुनः प्राप्त गर्ने प्रयास गरिरहेको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement