कोलकाताः जादवपुर विश्वविद्यालयका कुलपति बुद्धदेव सावले पश्चिम बंगालका राज्यपाल डा. सीवी आनन्द बोससॅंग सोमवार राति भेट गरे। दुवैबिच लगभग एक घण्टासम्म चर्चा भयो। सावले राज्यपालसॅंग भेट जादवपुर विश्वविद्यालयमा कार्यकारिणी समिति (ईसी) को बैठकअघि गरेका छन्। यो बैठक आज प्रस्तावित छ। बुद्धदेवले भने, छात्रको मृत्युको घटनामा यूजीसीको रिपोर्ट र कार्यकारिणी समितिको बैठकको बारेमा राज्यपालसॅंग चर्चा भयो। आजको यस बैठकभन्दा अघि विद्यार्थीहरूको मागमा हितधारकहरूको बैठक पनि हुनुछ।
राज्यपालसॅंग बैठकपछि कुलपतिले भने, बजेट, क्याम्पस परिसरमा सुरक्षा र प्रत्येक वर्षका विद्यार्थीहरूलाई भिन्न-भिन्नै होस्टेलमा राख्ने विषयमा ईसीमा चर्चा गरिने छ। यदि सबै विषयहरूमाथि चर्चा हुन सकेन भने अझ एउटा बैठक गरिने छ। यूजीसीको रिपोर्टमा उल्लेखित कमीहरूलाई हटाउने प्रयास गरिने छ। कुलपतिले भने, अन्तरिम रूलिङ कमिटीको आधारमा यूजीसीबाट आउने रिपोर्टलाई लिएर राज्यपाल चिन्तित छन्। यूजीसीले १५ दिनको समय सीमाभित्र कार्य पूरा गर्ने निर्देश दिएको छ।
-हिस